पोखरामा भेटियो अर्को ठुलो गुफा ! (भिडियो सहित)

पोखरामा भेटियो अर्को ठुलो गुफा ! (भिडियो सहित)

new-cave-found-in-pokhara

पोखरामा अर्को गुफा पनि पत्ता लागेको छ । पोखरा लखनाथ महानगरपालिका वडा नं. ३३ मा रहेको भरतपोखरी स्थित तिक्लाङमा नयाँ गुफा भेटीएको हो । उक्त गुफा करीब डेढ किलोमिटर लामो भएको अनुमान गरिएको छ । तिक्लाङको स्थानिय तिक्लाङ खेलमैदानको बिचबाट सेतीको तिरमा रहेको चुनेपहरो सम्म उक्त गुफा रहेको छ । समाचारपाटी डटकममा न्युज छ ।

धेरै पहिला स्थानियहरु त्यो गुफाको बारेमा जानकार भएपनि त्यसले पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने हेक्का राखेका थिएनन् । नेपालीमा एउटा उखान छ नी माल पाएर चाल नपाए जस्तै भएको थियो त्यो गुफा तिक्लाङबासीलाई तर अहिले स्थानिय जनप्रतिनिधि आएपछि गुफाको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने सोच पलाएको छ र त्यसलाई व्यवस्थित गर्न वडा नं. ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरेर पर्यटक भित्र्याउने योजना बनाएका छन् ।

गुफाको संभावना र विकासको योजनाबारे वडा अध्यक्ष आचार्यले भन्नुभयो – “हामी यसको विकासको लागि समिति गठन गरेर चाढैनै सर्वसाधारणलाई लागि अवलोकन गर्न खुल्ला गछौँ ।”

गुफाको बारेमा हालै पत्रकार, संचारकर्मी र स्थानियले गुफाको अवलोकन र छलफल गरेका छन् । उनिहरुले अहिले पोखरामा रहेका गुफाहरुमा जुन ठाउँबाट प्रवेश गर्यो त्यही ठाउँबाट बाहीर आउनुपर्ने बाध्यता छ या भनौ अर्को ठाउँबाट सहज रुपमा निस्कन समस्या नै रहेको छ तर सेती नदिको समिपमा रहेको यो गुफाबाट प्रवेश गरेर तिक्लाङ खेल मैदानमा निस्कन मिल्ने व्यवस्था मिलाउने उनिहरुको योजना रहेको छ ।

भिडियो हेर्नुहोस:

अहिलेसम्म ओझेलमा परेको यो गुफाको ढिलै भएपनि प्रचार गर्ने र जतिसक्दो छिटो आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउन स्थानिय जनप्रतिनिधि र स्थानिय आतुर रहेका छन् ।

गुफाको संरक्षण, व्यवस्थापनका लागि वडाले चाढैनै बजेटको व्यवस्थापन गरेर काम सुरु गर्ने वडा अध्यक्ष शिव प्रसाद आचार्यले बताउनुभयो । गुफाको राम्रोसंग प्रचारप्रसार गरि आन्तरीक तथा बाह्य पर्यटक तिप्लाङमा लैजान सक्ने हो भने पोखरा आउने पर्यटकको बसाई लम्ब्याउन सकिन्छ र हामीले देखेको आर्थिक विकास र समृद्ध नेपालको लागि एउटा ईटा थपिने कुरामा दुई मत छैन । देशमा संघियता आएको र आफ्नो ठाउँमा लुकेर रहेका स्थानहरुको प्रवद्र्धनमा स्थानिय जनप्रतिनिधिहरु उत्साहित छन् भन्ने कुराको उदाहरण यो पनि एउटा हो ।

देश विकास र आर्थिक संमृद्धिको लागि यी र यस्ता लुकेर रहेका विषयमा स्थानिय, प्रदेश र केन्द्र सरकारको ध्यान जान जरुरी छ । वडा नं. ३३ ले पोखरामा एउटा पर्यटकीय स्थानको पहिचान र विकासको लागि जसरी चासो देखाएर लागेको छ यो क्रम निरन्तर जारी रहोस र चाँढै नै यो गुफामा पनि पर्यटकको ताती लागोस हाम्रो सतत शुभकामना ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds