कलेजो जाँच गर्न अब पोखरामै १ करोडको अत्याधुनिक मेशिन

कलेजो जाँच गर्न अब पोखरामै १ करोडको अत्याधुनिक मेशिन

gastro care

पोखरा । पोखराको पृथ्वीचोकमा रहेको पेट तथा कलेजो रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर) ले कलेजोको अवस्था जाच्ने अत्याधुनिक मेसिन पोखरा भित्राएको छ । १ वर्षअघि कलेजो र पेट रोगको सुपरस्पेसलिटी सेवा सुरु गरेको केन्द्रले करिब १ करोड लागतमा लिभर स्क्यान किनेको हो ।

यो मेसिनलाई फाइबर टच पनि भनिन्छ । राजधानीबाहिर नेपालमै पहिलो पटक यो मेसिन ग्यास्ट्रो केयरले किनेको हो । केन्द्रमा पेट तथा कलेजो रोगमा डिम गरेका डा. सुवास भट्टराईले सेवा दिने गरेका छन् । डा. भट्टराईले विश्वकै विख्यात अस्पतालमा प्रयोग हुने यो मेसिन आएपछि कलेजोको उपचारमानयाँ कदम सुरु भएको बताए ।

मेसिनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले अब कलेजोको कुनै पनि उपचारका लागि अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको उल्लेख गरे । कलेजो रोगी, सिरोसिस भएका, रक्सी नियमित खाने, हेपाटाइटिस बि र सि भएका, मधुमेह र कलेजोमा बोसो जमेकाहरुलाई यसको परीक्षण आवश्यक पर्ने जनाइएको छ ।

डा. भट्टराईले लिभर स्क्यानबाट कलेजो कति मात्रामा बिग्रिएको छ वा कसरी उपचारबाट सुधार हुँदै छ भनी सजिलै पत्ता लाग्ने जानकारी दिए । उनले भने, ‘बायप्सी गर्दा पीडा हुने, रिपोर्ट आउन समय लाग्ने, भर्ना हुनुपर्ने अवस्था थियो । यसले उपचारमा सहयोगमात्र गर्दैन, कलेजो रोगबाट बचाउन पनि उपयोगी हुन्छ ।’करिब सामान्य एक्सरे हुने समयमै हुने यो परीक्षणका लागि ७ हजार ५ सय शुल्क लाग्छ ।

ग्यास्ट्रो केयर प्रालिका अध्यक्ष डा. मेरिना ज्ञवाली भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा युनाइटेड रेफरेन्स प्रालिका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र गिरबहादुर खत्रीले पनि बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds