विद्यार्थीले नै आफ्नो विश्वविद्यालय तोडफोड गरे, कर्मचारी थुनिदिए

विद्यार्थीले नै आफ्नो विश्वविद्यालय तोडफोड गरे, कर्मचारी थुनिदिए

Pokhara-University

पोखरा, १६ फाल्गुण । पोखरा विश्वविद्यालयमा बिद्यार्थीहरुले नै तोडफोड गरेका छन् । उनीहरुले कर्मचारीलाई समेत कार्यालय भित्र थुने । निर्धारित समयमा स्ववियु चुनाबको माग गर्दै आएका ३ बिद्यार्थी संगठन नेबि संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले मागको सुनुवाइ नभएको भन्दै तोडफोड सहित कर्मचारीलाई कार्यालय भित्र थुनेका हुन् ।

बिद्यार्थीहरुले केन्द्रीय कार्यालयको गेट बन्द गरि कर्मचारीलाई थुनेका हुन् । तोडफोडबाट केन्द्रीय कार्यालय भवनको सिसा र गमला फुटेका छन् ।

गतवर्ष फागुन २२ गते विश्वविद्यालय समक्ष सम्पूर्ण राजनीतिक दल समर्थीत विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियन गठन गरिनुपर्ने माग राख्दै आएका थिए ।

एक वर्ष वितिसक्दापनि विश्वविद्यालयले चासो नदेखाएको भन्दै पटक पटक ध्यानाकर्षण गराएका थिए । आज दिउँसो २ बजे विश्वविद्यालयका भीसी र रजिष्टार अफिसरसँग बैठकमा बस्ने सहमति भएको थियो । विद्यार्थीलाई बैठकमा बोलाएर भीसी र रजिष्टार स्वयम् उपस्थित नभए पछि विद्यार्थी तोडफोडमा उत्रेका हुन् ।

यसैबीच, अाईतबार बैठक बस्ने सहमति भएपछि थुनिएका कर्मचारी बाहिरिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ