अमेरिकामा लुटेराले अन्धधुन्ध चलाएको ८ गोलीले घाईते रचनाका लागि सहयोग संकलन

अमेरिकामा लुटेराले अन्धधुन्ध चलाएको ८ गोलीले घाईते रचनाका लागि सहयोग संकलन

Rachana

अमेरिकाको ओक्लोहमास्थित एक स्टोरमा लुटेराले अन्धधुन्ध गोली आठवटा गोली लागेर घाइते रचना श्रेष्ठको उपचारका लागि सहयोग संकलन थालिएको छ ।

गत सोमबार स्थानीय समयानुसार मध्यान्न सवा १२ बजे रचनालाई बड्डीज ह्यान्डी मार्ट नामक स्टोरमा एक लुटेराले गोली हानेका हुन् । उनको गाला, पिठ्युँ, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा आठवटा गोली लागेको र उनको अवस्था अत्यन्त चिन्ताजनक रहेको उनका श्रीमान् कपिल श्रेष्ठले जानकारी दिएका छन् ।

आठवटा गोलीमध्ये पाँचवटा गोली निकालिएको कपिलले जानकारी दिएका छन् । रचनाको टल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको उनका श्रीमान् कपिलले जानकारी दिएका छन् । उनको उपचारका लागि कपिलले सहयोगको अपिलसमेत गरेका छन् ।

रचनालाई सहयोग गर्न चाहनेले यहाँ क्लिक गर्नसक्नुहुन्छ ।

रचना आफ्ना श्रीमान् र साढे दुई वर्षको छोरासहित ११ महिना अघि अमेरिका छिरेकी हुन् । उनीहरु ओक्लोहमाको अटोकामा बस्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ