राजुको अर्जेन्टिना र रबिनको ब्राजिल टीमको दोहोरी भिडन्त (भिडियो), कलाकारलाई विश्वकपको ज्वरो

राजुको अर्जेन्टिना र रबिनको ब्राजिल टीमको दोहोरी भिडन्त (भिडियो), कलाकारलाई विश्वकपको ज्वरो

Untitled

रञ्जन अधिकारी । चार वर्षमा एकपटक आउने चाड जस्तै हो फुटबल पारखीलाई ‘विश्वकप’ । त्यो पनि ठ्याक्कै एक महिनाको । यसबेला धेरैको निँद हराउँछ । कलाकारलाई पनि विश्वकपको रौनक उत्तिकै लाग्छ ।

विशेष गरी नेपालमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन, इंग्ल्याण्ड, पोर्चुगल, नेदरल्याण्डका समर्थक बढी छन् । कलाकारले पनि दोहोरी भिडन्तकै रुपमा आफ्नो टोलीको समर्थनमा गीत गाएका छन् । चर्चित गायक राजु ढकाल र रविन लामिछानेको विश्वकप विशेष गीत भिडियो सहित सार्वजनिक भएको छ ।

गायक ढकाल अर्जेन्टिनाका फ्यान हुन् । मेसीलाई मन पराउने ढकाल गीतमा अर्जेन्टिनाकै सपोर्टमा उत्रिएका छन् । उदयीमान गायक लामिछाने ब्राजिलको सपोर्टमा छन् । यद्यपी गीतको शब्द लामिछानेको हो भने लय ढकालको हो ।

दुर्गा पौडेलेको सिनेमाटोग्राफी र निर्देशन रहेको भिडियोमा महेन्द्र गौतम, देवेन्द्र क्षेत्री, राजेन्द्र सेडाई, डोलराज बाह्रघरे, सरोज कार्की लगायत देख्न सकिन्छ । एकता फिल्मस्को उत्पादन तथा नविन घर्तीमगरको सम्पादन रहेको भिडियोमा दर्शकले खेलका क्रममा गर्ने गतिविधि, उत्साह, निराशा सबैलाई समेटेको छ ।

भिडियोमा लोकप्रिय गायिका देवी घर्ती मगर, बद्री पंगेनी, मुना थापा मगर, महेन्द्र गौतम, देवेन्द क्षेत्री, रमेशबाबु थापा, राजन गुरुङले आफूलाई मन पर्ने टीमका बारेमा धारणा पनि राखेका छन् ।

(न्युज कपी गर्दा गण्डकन्युज डटकमबाट साभार राखिदिन अनुरोध छ)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ