‘एमाले माओवादीको कम्युनिजम् हेरम् त’ : रामचन्द्र पौडेल

‘एमाले माओवादीको कम्युनिजम् हेरम् त’ : रामचन्द्र पौडेल

ramchandra paudel

गण्डक न्युज पोखरा, ३ वैशाख / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई पार्टी मिलेर एउटा सिंगो नेपाल कम्युनिष्ट पार्टी बनाउने भन्दै चुनावमा जितेर आएका एमाले र माओवादी केन्द्रलाई कम्युनिजम् कस्तो हुन्छ ? लागू गरेर देखाउन चुनौति दिएका छन् ।

नेपाल निजामति कर्मचारी युनियन (संघ) प्रदेश कार्य समिति – ४ को आयोजना तथा जिल्ला समिति कास्कीको संयोजनमा पोखरामा सोमबार आयोजना गरेको पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले एमाले र माओवादी मिलेर कस्तो कम्युनिज्म हुन्छ ? आफू हेर्न आतुर रहेको उल्लेख गरे ।

‘कम्युनिष्ट लोकतन्त्रको भ¥याङ चढेर सत्तामा पुग्छ, अनि माथि उक्लेपछि त्यही भ¥याङ बिर्सन्छ । यस्तो चरित्र कम्युनिष्टले देखाउँछन्।’ पौडेलले भने – ‘कम्युनिष्टले जहिलेपनि कर्मचारीतन्त्रलाई साथ लिएर विश्वका मजदुर एक होऔं भन्दै सत्तामा पुग्ने गरेको छ ।सधैं ट्रेड युनियनको आन्दोलको भरमा कम्यूनिष्ट सत्तामा पुग्ने गरेको छ,अनि सत्तामा पुगेपछि त्यही ट्रेड युनियनको विरोध गर्दछ ।’

पौडेलले बामगठबन्धनका कारण नभई अन्र्तघातका कारण पार्टीले पराजय भोगेको बताए । अरु मिलेर हामी हारेका हौ भन्ने कुरामा आफ्नो बिमती रहेको बताउँदै अन्र्तघात र जनताको मन जित्न नसक्नु पराजयको मुख्य कारण भएको बताए ।
उनले जनताको मन कब्जा गर्न नसक्दा तीनवटै निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको बताए ।

आन्तरिक रुपमा पार्टीभित्र मात्र वर्चस्व जमाएको, तर, जनताको मनमा वर्चस्व जमाउन कांग्रेस नेतृत्वले नसकेको उनको दुखेसो छ । आफ्नै पार्टीका केही नेताप्रति लक्षित गर्दै पौडेलले अरु (एमाले र माओवादी) मिलेकोले हामी (कांग्रेस) र्हायौं भन्न नहुने बताए । ‘अबपनि अरु दल मिलेर बलियो भएकोले हामी कमजोर बनेका हौ भनेर नभनौ,’ उनले भने, ‘हामीले आम जनताको विश्वास जित्न नसकेको हारेका हौ भनेर स्वीकार्नुपर्छ।’

‘कांग्रेसका नेताले पार्टी कब्जा गर्नुको साटो जनताको मन कब्जा गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो,’ उनले भने, ‘जनताको मन त कब्जा नै भएन।’ कांग्रेसले पञ्चायत, आतंकबाद, माओवादसँग लडेकोले यति बलियो पार्टीको विपक्षमा ५१ प्रतिशत भन्दा बढी जनता हुनु आश्चर्यजनक भएको पौडेलले बताए।

‘कांग्रेससँग कम्तिमा ७५ प्रतिशत जनता हुनुपर्ने हो । तर, अहिले हारेपछि अरु मिलेर आएकोले हामी र्हायौं भनेर पन्छिएका छौ,’ उनले भने, ‘अरु मिलेर आएपनि हामी सबै पहिल्यैदेखि एकैठाउँ हुँदा त कम्तिमा ७५ प्रतिशत जनता हाम्रो पक्षमा हुनुपर्ने हो। तर, हामीले जनताको मन जित्न नसकेकै हो।’

पार्टीभित्र अनुशासन जरुरी भएकोभन्दै उनले अन्र्तघात गर्नेलाई क्षमा दिन नहुने बताए । मुलुक सुधार्न काँग्रेस सुधार्नु पर्ने उनको भनाइ छ। उनले पार्टीभित्र निष्ठा र नैतिकताको आन्दोलन जरुरी भएको औल्याए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले राष्ट्रवाद देखाएर निर्वाचनमा भोट बटुलेका प्रधानमन्त्री केपी शर्मा ओली रक्षा कबज खोज्न भारत गएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीका गतिविधि साम्यवाद उन्मुख भएको बताए ।

नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले सरकारले खोजीखोजी र रोजीरोजी प्रजातन्त्रवादी कर्मचारीलाई दुःख दिन खोजेको बताए । संघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले वर्तमान सरकारलाई हल्लाउने तागत आफुहरुसँग भएकोभन्दै नआत्तिन आग्रह गरे ।

त्यसअवसरमा कास्की काँग्रेसका सभापति कृष्ण केसी, प्रदेश नम्बर ३ का सांसद कृष्णचन्द्र नेपाली, विन्दु थापा, संघका उपाध्यक्ष उत्तम कटुवाल, नेता राजेन्द्र बुढाथोकी, महाधिवेशन प्रतिनिधि बाबुराम आचार्य लगायतले बोलेका थिए ।

नेपाल निजामति कर्मचारी युनियन संघ प्रदेश कार्य समिति – ४ का अध्यक्ष शिव शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सुरेशकुमार श्रेष्ठले स्वागत र कास्की अध्यक्ष डार्विन लम्सालले संचालन गरेका थिए ।

क्याप्सनः
नेपाल निजामति कर्मचारी युनियन (संघ) प्रदेश कार्य समिति – ४ को आयोजनामा पोखरामा सोमबार आयोजित पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत
तस्विरः रञ्जन अधिकारी आदर्श समाज

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds