कालोमोसो दलिएका गुरुङले भने – ‘लक्की मेनपावर बन्द भएकै २ वर्ष भइसक्यो’

कालोमोसो दलिएका गुरुङले भने – ‘लक्की मेनपावर बन्द भएकै २ वर्ष भइसक्यो’

ras gurung 1

पोखरा । आईतबार दिउँसो कालोमोसो दलिएका पोखरा ८ सिर्जनाचोक स्थित फिस्टेल सेक्युरिटी सर्भिस प्रालिका प्रबन्ध निर्देशक रस बहादुर गुरुङले लक्की मेनपावर आफूले अहिले सञ्चालन नगरेको जनाएका छन् ।

आईतबार दिउँसो साढे २ बजे कार्यालयमै रहेको अवस्थामा विप्लव नेतृत्वको नेकपाको सहायक संगठन योङ रेड फोर्सका कार्यकर्ताले गुरुङलाई अवैध मेनपावर सञ्चालन गरेको भन्दै कालोमोसो दलेर कार्यालयमा तालाबन्दी गरी पर्चा टाँसेर भागेका थिए ।

गुरुङले लक्की मेनपावर आफूले अहिले सञ्चालन नगर्ने बताउँदै सेक्युरिटी सर्भिस मात्र सञ्चालन गर्ने दाबी गरे । उनले प्रेस विज्ञप्ती जारी गर्दै रेड फोर्सले लगाएको पाँच वटै आरोपको पाँच बुदामा नै खण्डन गरेका छन् ।

विना इजाजत मेनपावर संचालन नगरेको भन्दै उनले आफ्नो सेक्युरिटी सर्भिस प्रालि नेपाल सरकारबाट इजाजत दर्ता नम्बर १५४१६÷०७३÷७४ मा दर्ता गरी सञ्चालनमा रहेको बताएका छन् । यस्तै, सेक्युरिटी कम्पनीको नामबाट मेनपावर सञ्चालन नगरेको, कुनै पनि युवालाई विदेशमा अलपत्र नपारेको, कुनै पनि महिलालाई भारतको बाटो हुँदै विदेश नपठाएको र पठाएका युवाहरु कुनै पनि समयावधि पूरा नगरी नेपाल नफर्किएको विज्ञप्तीमा उललेख गरेका छन् ।

उनले यस विपरितका कार्यहरु भएको भन्ने कहिँकतैबाट सप्रमाण उजुरी आई प्रमाणित भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।

सञ्चालक गुरुङले २०७१ साल भदौ १५ गते वैदेशिक रोजगार विभागबाट लक्की एचआर सोलुसन प्रालि एजेन्टका रुपमा नियुक्ति भएपनि २०७३ असार ८ गतेदेखि एजेन्ट बदर गरेको जनाए ।

सम्बन्धित समाचार

पोखराका म्यानपावर सञ्चालक गुरुङलाई कालोमोसो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ