राष्ट्रिय पोशाक नलगाउने गाउँपालिका बैठकमा आउट

राष्ट्रिय पोशाक नलगाउने गाउँपालिका बैठकमा आउट

Nepali Poshak

भोजपुर । भोजपुरको एक गाउँपालिकामा अब राष्ट्रिय पोशाक नलगाएको खण्डमा बैठकमा नै सहभागी हुन नपाईने भएको छ । भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको हो ।

गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय पोशाकका रुपमा पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो लगाउनुपर्ने व्यवस्था गरिएको बताइएकोे छ । स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराएका छन् ।

सबै निर्वाचत जनप्रतिनिधिले राष्ट्रिय पोशाक र कर्मचारीले अनिवार्य रुपमा सरकारले तोकेको पोशाक नलगाए बैठक नै स्थगित गरिने अध्यक्ष कार्कीको भनाइ छ । औपचारिक कार्यक्रममा जाँदासमेत राष्ट्रिय पोशाक लगाउनुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ