शंकरले राजुलाई मिलाइदिएको साली कति सानी ? (हेर्नुहोस् भिडियो)

शंकरले राजुलाई मिलाइदिएको साली कति सानी ? (हेर्नुहोस् भिडियो)

Sali Bhena

रञ्जन अधिकारी ।  सदावहार चर्चित गायिका देवी घर्ती मगरको कर्णप्रिय स्वर छ । यस वर्ष कम्मर मर्काउनै भ्याईनभ्याइ भएका चर्चित लोकगायक राजु ढकाल लाहुरे बन्नै तनहुँ आए । तनहुँ गट् ट्यालेन्ट मन्सिका गुरुङ हेर्दा मात्रै सानी हुन्, उनको नृत्य चल्तीका मोडललाई माथ दिने छ । लोक गायक शंकर पन्तको नयाँ तीज गीत ‘साली भेना’ का गायन र अभिनयमा जोडिएको पात्रका वर्णन हो यो ।

पन्तले ननाचेपनि नाँचु नाँचु लाग्ने तिजे लयमा लाहुरे भेना र दाइकी सालीलाई शब्दमा उतारेका छन् । प्रतिभावान् नृत्य निर्देशक मौसम हिमालीले कडा मेहनत गरेका छन् । दुर्गा पौडेलले खिचेको भिडियोलाई नविन घर्तीमगरले काँटछाँट गरेका हुन् ।

भिडियोको सम्पूर्ण जिम्मा एकता फिल्म्स प्रालिले लिएको हो । शुक्लागण्डकी नगरपालिका २ स्थित नवज्योति आमा समूह भिडियो निर्माणमा घाम पानी नभनी खटियो । आशिष म्युजिकले बजार व्यवस्थापन गरेको सो मिडियो म्युजिक नेपालबाट भर्खरै मात्र सार्वजनिक भएको हो ।

रातो सारी, फररर पारी …… (भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ