रोबोटिक्स प्रविधि विगतदेखि वर्तमानसम्म

रोबोटिक्स प्रविधि विगतदेखि वर्तमानसम्म

36f219ee-143c-4677-94ae-40caed8fef3b

बिज्ञान अनि प्रविधि प्रति उत्सुक हुने जो कोहीलाई पनि लाग्न सक्छ रोबोट सबैभन्दा पहिला कहिले र कहाँ बन्यो  होला र कसले निर्माण गर्यो होला। रोबोटको सुरुवातको कुरा गर्दा धेरै पौराणिक कथाहरुमा समेत रोबोटको बिकास भएका तथ्यहरु उल्लेख गरिएका छन् ।

प्राचिनकालमा रोबोटलाई  रोबोट भन्ने चलन थिएन र सबैभन्दा पहिले रोबोट शब्दको प्रयोग १९२१ मा ’चेकमा रोसमको युनिभर्सल रोबट्स ’(rossums universal roberts) नामक नाटकमा प्रयोग गरिएको थियो ।

रोबोटको मतलब चेक भाषामा कठिन परिश्रम अथवा मजदुर भन्ने बुझाउँछ । उक्त नाटकका लेखक केरेल केपेकले रोबोट शब्द प्रचलनमा ल्याएका थिए । त्यसपछि यो शब्द विश्वभरमा व्यापक प्रयोगमा आएको थियो ।

वास्तबमै सबै भन्दा पहिले रोबोटको निर्माण भने इसापुर्बको चौथो शताब्दीका एक जना ग्रिकका दार्श्निक अर्काइटसले गरेका थिए । दार्श्निक भएतापनि अर्काइटस म्याथम्याटिसियन,एस्ट्रोनोमर तथा स्ट्राटेजिस्ट समेत थिए । उनले आँफै उड्न सक्ने द फ्लाईङ पिजन नामको एउटा डिभाइसको निर्माण गरेका थिए ।

यो डिभाइस वाफको सहायतामा चल्न सक्थ्यो । आर्काइटसले बनाएको यहि स्वचालित डिभाइसलाइनै संसारमा सबैभन्दा पहिलो रोबोट मानिन्छ र आर्काइटसको यहि प्रयोग रोबोटिक्सको इतिहासमा कोषे ढुंगा साबित भयो । तत्पश्चात् अलेक्जेन्ड्रीयाका हिरोले वाफबाट चल्ने धेरै स्वचालित यन्त्रहरुको निर्माण गरे ।

यसपछि दशौ शताब्दितिर चीनमा सु(सोंगले एउटा घण्टाघरको निर्माण गरे जहाँ एउटा यान्त्रिक मुर्तिले हरेक घंटामा घन्टी बजाउने काम गर्दथ्यो ।

यस पछि सत्रौं शताब्दीमा यस्ता धेरै आकार र प्रकारका स्वचालित रोबोटहरुका निर्माण भए र ती रोबोटहरुले चित्र बनाउने,उड्ने तथा संगीत बजाउने देखि लिएर मानिसले गर्ने धेरै प्रकारका जटिल कामहरु गर्न सक्दथे । जापानी शिल्पकार हिसशिगे तानाका जसलाई जापानका एडीसनको रुपमा समेत चिनिन्छ,उनले एकदमै जटिल मेकानिकल खेलौनाहरु बनाएका थिए । ती मध्ये केहिले चिया बाड्ने तथा तिर हान्न सक्ने  थिए भने केहि जापानी कान्जीका चरित्रहरु पनि थिए ।

यसरि १८ औ दशकतिर बिस्तारै ह्युमोनोइड रोबोटको बिकास हुँदै गयो । साधारणतया मानव ब्यबहारको नक्कल गर्ने र झट्ट हेर्दा पनि मानिस संग मिल्दो जुल्दो रुप रेखा भएका रोबोटहरुलाई  ह्युमोनोइड रोबोट भनिन्छ ।

रोबोटले बोल्ने देखि लिएर जति पनि मानवीय आचरणको नकल गर्छ त्यो हेर्दा हामीलाई यस्तो लाग्छ कि यसले आफ्नै बुद्दी र बिबेकको प्रयोग गरेर यी सम्पूर्ण कामहरु गर्दछ र यसको आफ्नै उद्देश्य छ । तर रोबोट एउटा यान्त्रिक एजेन्ट हो । यसमा विद्युतीय मेकानिकल प्रणाली हुन्छ । संसारकै पहिलो ह्युमोनोइड रोबोट १८१० मा  फ्रेडरिक कफमेनले बनाएका थिए । उनले ट्रम्पेट सहितको सैनिक ह्युमोनोइड रोबोट बनाएका थिए ।

१९२८ मा डब्ल्यु एच रिचार्डले ह्युमोनोइड रोबोटको निर्माण गरेका थिए र उक्त रोबोटलाई लन्डनमा प्रदर्शनीमा राखिएको थियो । रोबोटलाइ एरिक नाम दिइएको थियो र त्यसमा ११ वटा इलेक्ट्रोम्याग्नेट र १२ भोल्ट पावर भएको मोटर सहित एल्युमिनियमको कवच सूट थियो ।उक्त रोबोटले हात चलाउन सक्थ्यो भने यसलाई रिमोट कन्ट्रोल र भ्वाइस कन्ट्रोलले कन्ट्रोल गरिएको थियो।

यसरिनै २१ औ शताव्दी सम्म आइपुग्दा धेरै आधुनिक रोबोटहरुको विकास भयो । यान्त्रिक मानव अथवा कृतिम सहायक रोबोट र यिनीहरुलाई बनाउने प्रयाशको धेरै लामो इतिहास छ । तर पूर्णतया स्वायत्त मेशिनहरु भने केवल २० औ शताब्दीमा आए ।  विश्वमा पहिलो कमर्शियल,डिजिटल तथा प्रोग्रामेबल रोबोट जर्ज डेवल १९५४ मा बनाएका थिए,जसको नाम युनिमेट थियो । डिजिटल प्रणालीबाट चल्ने प्रोग्राम भएको पहिलो रोबोट युनिमेटको प्रयोग १९६१ मा मेसिनको लागि आवश्यक धातुका धेरै तातो टुक्राहरु उठाउन गरिएको थियो ।

आज विश्वसनीयताका साथ काम गर्ने बाणिज्य तथा औधोगिक रोबोटहरु व्यापक रुपमा सहज मुल्यमा उपलब्ध छन् र प्रयोगमा आइरहेका छन् । यसबाहेक नराम्रा र मानव जातिलाई बेफाइदा पुर्याउने कामका लागि पनि रोबोटहरूको व्यापक प्रयोग भइरहेको छ । ह्युमोनोइड रोबोटको प्रयोग यातायात, पृथ्वी र अन्तरिक्षको खोज,सर्जरी,हतियारको निर्माण, प्रयोगशाला अनुसंधान र उपभोक्ता र औधोगिक उत्पादनको लागि गरिंदै आइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ