रोट्रयाक्ट क्लबद्वारा ५ थान कम्प्युटर र शैक्षिक सामग्री हस्तान्तरण

रोट्रयाक्ट क्लबद्वारा ५ थान कम्प्युटर र शैक्षिक सामग्री हस्तान्तरण

1

तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ कान्तिपुरको संयुक्त आयोजनामा आइतबार ५ थान कम्प्युटर र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर ९ तारुका स्थित बसाहास्थान माध्यमिक विद्यालयमा ५ थान कम्प्युटर तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरिएको रोट्रयाक्ट क्लब अफ दमौलीले जनाएको छ ।

त्यस्तै कम्प्युटर सहित कापी, कलम लगाएतका शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको क्लबले जनाएको छ । उक्त बिद्यालयमा कक्षा १ देखि १० सम्म जम्मा १४६ जना विद्यार्थी रहेका छन् । उक्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ  र रोट्रयाक्ट क्लब अफ कान्तिपुरकी निवर्तमान अध्यक्ष सृष्टि त्रिपाठीले संयुक्त अध्यक्षता गरेका थिए । रोट्रयाक्ट क्लब अफ दमौलीले आफ्नो टुइन क्लब रोट्रयाक्ट क्लब अफ कान्तिपुर संग सहकार्य गरि उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि रोट्रयाक्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश गुरुङ, विद्यालयका प्रधानाध्यापक कृष्णभक्त तिवारी, क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ , रोट्रयाक्ट क्लब अफ कान्तिपुरकी निवर्तमान अध्यक्ष सृष्टि त्रिपाठी लगाएतकाले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश गुरुङ र विद्यालयका प्रधानाध्यापक कृष्णभक्त तिवारीले कम्प्युटर पाए पछी विद्यार्थी लाइ थप सहयोग पुग्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds