रोट्रयाक्ट क्लब अफ दमौलीको साधारण सभा तथा ट्रेनिङ सेमिनार सम्पन्न

रोट्रयाक्ट क्लब अफ दमौलीको साधारण सभा तथा ट्रेनिङ सेमिनार सम्पन्न

ra

किरण श्रेष्ठ, तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको चौथो साधारण सभा तथा ट्रेनिङ सेमिनार शनिबार दमौलीमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष शिखरलाल डोटेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । वर्ष २०१७/१८ को अन्तिम साधारण सभा संगै क्लबले क्लबका सदस्यहरुको लागि रोट्रयाक्टको बारेमा अझै बिस्तृत तरिकाले बुझाउन ट्रेनिङ सेमिनार समेत राखेको थियो ।
उक्त ट्रेनिङ सेमिनारमा क्लबका सदस्यहरु लाइ रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराका सन्जिव पौडेल र रोट्रयाक्ट क्लब अफ बालाजुका विजय शर्माले ट्रेनिङ दिएका थिए । कार्यक्रममा पौडेलले रोट्रयाक्टमा बस्नुको फाइदा संगै क्लबको सानो खर्चमा समाजमा गर्न सकिने ठुला काम बारेमा बताएका थिए । त्यस्तै उनले क्लबको प्रमुख व्यक्तिले अन्य सबै सदस्यहरु लाइ संगै लिएर अगाडी बढ्नुपर्ने समेत बताएका थिए । क्लबमा सामुहिक एकता कायम गरि काम गर्दा क्लब संगै आफ्नो समेत धेरै फाइदा हुने हुदा सामुहिक रुपमा काम गर्नुपर्ने कुरामा उनले जोड दिएका थिए ।
त्यस्तै कार्यक्रममा विजय शर्माले थोरै तर राम्रो कार्यक्रम गर्न तर्फ क्लब लाग्नुपर्ने बताए । त्यसैगरी शर्माले पदभार ग्रहण गर्ने तर काम नगरी बस्ने बढी देखिएको समेत बताए । पद लिएपछी आफ्नो काम कर्तव्य लागि परेर गर्नुपर्ने समेत उनले बताए । क्लबका सदस्यहरुले सम्बन्धित पदमा रहेका मुख्य व्यक्तिहरु लाइ क्लबमा तथा आफु सदस्य लाइ आवश्यक रहेको कार्यक्रम ल्याउन र गराउनुपर्ने बारे बताउनुपर्ने उनले भने ।
त्यस्तै क्लबका अध्यक्ष शिखरलाल डोटेलले अब नयाँ आउने टिमले क्लब लाई अझै माथि पुर्याउने विश्वास लिएको बताए । कार्यक्रम क्लबका पुर्वअध्यक्ष सन्तोष श्रेष्ठ, निवर्तमान अध्यक्ष टिकाराम पनेरु, आगामी अध्यक्ष विपिन श्रेष्ठ लगाएतकाले बोलेका थिए । कार्यक्रममा क्लबका आगामी अध्यक्ष सहित चार जना डिरेक्टरहरुले अब आउने वर्ष १८/१९ को लागि आ-आफुले गर्न सक्ने कार्यक्रमहरुको बारेमा बताएका थिए । कार्यक्रममा करिब ३० सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक तथा क्लबका एसएए मदन तिमल्सेना जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds