चर्चित गायिका बिमा कुमारी दुरा र गायक नारायण परियारको नयाँ कौरा गित ‘सात धारेको पानीले’ बजारमा (भिडियो सहित )

चर्चित गायिका बिमा कुमारी दुरा र गायक नारायण परियारको नयाँ कौरा गित ‘सात धारेको पानीले’ बजारमा (भिडियो सहित )

Saat Dhaareko Panile Photo

तनहुँ । चर्चित गायिका बिमा कुमारी दुरा र गायक नारायण परियारको बिलकुलै नयाँ कौरा गित “सात धारेको पानीले” बजारमा आएको छ । मौलिक गितको जगेर्ना गर्ने सोचले गित “सात धारेको पानीले” कौरा गित बजारमा ल्याएको गायक नारायण परियारले बताए ।

निर्भाना कला केन्द्रको प्रस्तुतिमा मंगलबार उक्त गित युटुब मार्फत बजारमा आएको हो । उक्त गितमा चर्चित गायिका बिमा कुमारी दुरा र गायक नारायण परियारको स्वर छ भने शब्द/संगित गायक नारायण परियारको रहेको छ ।
उक्त गितको एरेन्जर जुजु गुरुङ, रेकडिष्ट अर्जुन बिरही रहेका छन् । त्यस्तै उक्त गीतको भिडियोको निर्देशन वरिष्ठ निर्देशक ध्वज गुरुङले गरेका हुन् । भिडियोको कोरियोग्राफर पर्सन गुरुङ, छायांकन भेष गुरुङ, सम्पादन विष्णुहरि तिमल्सिना, ड्रोन अपरेटर सन्तोष रहेका छन ।
साथै उक्त गितको भिडियोमा मिस क्विन तनहुँ २०१७ की फर्स्ट रनरअप मुना थापा, मिस क्विन तनहुँ २०१७ की सेकेन्ड रनरअप अनु श्रेष्ठ, अनिल गुरुङ र रेशम थापाको अभिनय रहेको छ l उनीहरु यो पहिलो अफिसियल म्युजिक भिडियो हो l
भिडियोको सुटिङ लमजुङको जिता ,जिताकोट लगाएतका ठाउमा गरिएको छ । गाउको परिवेशमा बनेको भिडियो निकै उत्कृष्ट बनेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ