नारायणीमा बालिकाको शव फेला, पहिचान भएन

नारायणीमा बालिकाको शव फेला, पहिचान भएन

कमला राना, नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरको गैंडाकोट स्थित नारायणी नदिमा बालिकाको शव फेला परेको छ ।

गैंडाकोट इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गैंडाकोट नगरपालिका वडा नम्बर १० पितौजिघाट नजिकै किनारमा अन्दाजि ७ वर्षकी बालिकाको शव फेला परेको हो ।

प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव परिक्षणको लागी भरतपुर अस्पतालमा पठाइएको र मृतक बालिकाको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, मृतक बालिकालाई चिन्नेले ईलाका प्रहरी कार्यालय गैडाकोट नवलपरासी तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पुर्व० मा जानकारी गराउन हुन समेत प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ