सन्दीप लामिछाने प्रतियोगिताकै उत्कृष्ट ‘प्लेयर अफ द टुर्नामेन्ट’

सन्दीप लामिछाने प्रतियोगिताकै उत्कृष्ट ‘प्लेयर अफ द टुर्नामेन्ट’

Sandeep-Lamichhane

काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा नेपाली राष्ट्रिय टिमका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन् ।

नामिबियामा भएको यस प्रतियोगितामा नेपाली युवा क्रिकेटर सन्दीपले प्रतियोगिताभरि नेपालका जम्मा १७ विकेट लिँदै उनी ‘म्यान अफ टुर्नामेन्ट’ बन्न सफल भएका हुन् ।

नेपालका लागि उनले ६ खेल खेल्दै १७ विकेट लिएका हुन् । सन्दीप म्यान अफ टुर्नामेन्ट बनेपछि उनलाई आवद्ध गरेको आईपीएल टोली दिल्ली डेयर डेभिल्सले पनि बधाई दिएको छ ।

त्यसैगरी युएईसँग सात रनले पराजित भएको खेलमा शतक बनाएका नेपाली कप्तान पारस खड्कालाई पनि दिल्ली बधाई दिएको छ ।

दिल्लीले सन्दीपलाई यो सिजनको आईपीएलका लागि २० लाख भारतीय रुपैयाँमा किनिसकेो छ। युएईसँग हारे पनि नेपाली क्रिकेट टिमले देखाएको टिम गेम र सन्दीपको पनि दिल्लीले प्रशंसा गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ