आइपीएलमा सन्दिपको डेब्यु, मोदीले नेपालमा चर्चा गरेकै दिन खेल्ने मौका

आइपीएलमा सन्दिपको डेब्यु, मोदीले नेपालमा चर्चा गरेकै दिन खेल्ने मौका

Sandeep-Lamichhane-Creates-History

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दिप लामिछानेले आज इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा डेब्यु गरेका छन्। जारी सिजनमा बेन्चमा नै बसिरहेका सन्दिपलाई दिल्लीले लिगमा आफ्नो तीन खेल बाँकी रहँदा डेब्यू गराएको हो।

रोयस च्यालेञ्जर्स बेंग्लोरविरुद्ध घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर व्याटिङ्गको निम्तो पाएको दिल्लीले सन्दिपलाई मैदानमा उतारेकाे हाे। भारतको घरेलु क्रिकेट लिगमा छनोट भएपछि सबैको आकर्षणका केन्द्र बनेका सन्दिप लामिछानेले देल्लीबाट लगातार प्लेइङ ११ मा परेका अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको स्थानमा खेलेका छन् ।

दिल्लीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ११ खेलाडीको नाम उल्लेख गर्दा सन्दिपको नाम ७ औं नम्बरमा राखेपछि नै नेपालमा उनका समर्थकले खुशीयाली मनाउन सुरु गरे ।

दुई दिने नेपाल भ्रमणका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप आइपिएल टोली दिल्लीमा रहेको चर्चा गरेकै दिन उनले खेल्ने मौका पाएका छन्। नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहमा नेपाल आइपीएलसँग जोडिएको र पहिलोपटक नेपाली नौजवान सन्दिप लामिछाने खेलिरहेको भन्दै नेपाल–भारत सम्बन्धको उदाहरण दिएका थिए।

११ खेलमध्ये ८ खेलमा पराजित भएको दिल्लीको प्लेअफमा पुग्ने सम्भावना भने गणीतिय रुपमा मात्र सम्भव छ। यस सिजनमा दिल्ली प्लेअफमा पर्न संघर्षरत: छ। उसको गणितिय हिसाबले प्लेअफमा पर्ने सम्भावन अझै जिवितै छ। यसका लागि उसले आगामी खेलहरूमा फराकिलो जित हासिल हात पार्नुपर्ने छ।

आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन्। सन्दीप २० लाख भारतीय रुपैयाँमा दिल्लीमा आवद्ध भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ