सत्रसयमा ३ जना लाई खुकुरी हानी फरार रहेका दमौलीका श्रेष्ठ ११ महिना पछी तनहुँ प्रहरीद्वारा पक्राउ

सत्रसयमा ३ जना लाई खुकुरी हानी फरार रहेका दमौलीका श्रेष्ठ ११ महिना पछी तनहुँ प्रहरीद्वारा पक्राउ

pakrau

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ७ स्थित गत २०७४ भाद्र १६ गते राति सोहि स्थान बस्ने बर्ष २५ को चुन बहादुर गुरुङ, बर्ष ३० को चिमानसिंह गुरुङ र बर्ष २९ को बिजय क्षेत्रीलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाई फरार रहेको प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय तनहुले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ब्यास नगरपालिका साबिक वडा नं. ११ हालको वडा नं. ४ बस्ने बर्ष विशाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख शिद्धी बिक्रम शाह बताए । उक्त घटनामा सोम बहादुर गुरुङ भन्ने अजय गुरुङ समेतको समुहले ज्यान मर्ने प्रयास गरेका थिए  । घटनामा तुलसा गुरुङको जाहेरीले बादी नेपाल सरकार र प्रतिबादी सोम बहादुर गुरुङ भन्ने अजय गुरुङ लाइ ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका प्रतिबादी बिशाल श्रेष्ठलाई विहिबार ११ महिना पछी तनहुँ प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठलाई ब्यास नगरपालिका वडा नं. ४ स्थित आफ्नै घरमा लुकिछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी आबश्यक कार्बाहीको लागि जिल्ला अदातल तनहुँमा पेश गरिएकोमा अदातलबाट काम नभ्याईएकोले फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ