एसईईको नतिजा पर्सी बुधबार सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा पर्सी बुधबार सार्वजनिक गर्ने तयारी

see exam

काठमाडौं– एसइई परीक्षाको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको जानकारी दिए ।

सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको रेग्मीको भनाई छ ।

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ