तनहुँमा सेती नदीले बगाएर एकको मृत्यु, अर्का एक बेपत्ता

तनहुँमा सेती नदीले बगाएर एकको मृत्यु, अर्का एक बेपत्ता

seti nadi

किरण श्रेष्ठ, दमौली । सेती नदीले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका– ५ कन्टार बस्ने ७३ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरबाट नुहाउन जान्छु भनी हिँडेका विकको नदीले बगाएर मृत्यु भएको हो । विकको शव बिसघरेको गुम्बा नजिकै तैरिएको अवस्थामा भेटिएको थियो ।

यसैगरी, व्यास नगरपालिका– १३ बेलवासस्थित न्यूरोघारी नजिकैबाट आज सेती नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २७ वर्षीय मीनबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

ढुंगामा बसेर बल्छी खेल्दै गरेका गुरुङ एक्कासी खसेर सेती नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुने ती युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds