रत्नज्योतिका शंकरले बनाए ‘फोहोर संकलन उपयोगी रोबर्ट’

रत्नज्योतिका शंकरले बनाए ‘फोहोर संकलन उपयोगी रोबर्ट’

Shankar

गण्डक न्युज पोखरा, ३० चैत / पोखरा ७ रत्नचोक स्थित रत्नज्योति माविमा अध्ययनरत शंकर श्रेष्ठले फोहोर संकलनका लागि उपयोगी स्वचालित यन्त्र निर्माण गरेका छन् । कक्षा ७ मा अध्ययनरत १३ वर्षीय श्रेष्ठले एकल प्रयासमा स्थानीय सामाग्री प्रयोग गरी उक्त रोबर्ट बनाएका हुन् ।

काठका टुक्राहरु, आल्मुनियम तथा टीनका धातु, जुटको बोरा, गम, रबर पांग्रा, डिसी मोटर, हाइड्रोलिक लगायतका साम्राग्री प्रयोग गरी बनाएको उक्त यन्त्रको पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो ।

सो यन्त्रको अगाडिको भागले फोहोर उठाएर मोटरको सहायताले माथिपट्टी रहेको लिफ्टमा पुर्याउँदछ । रोलरलाई पछाडि तान्दा लिफ्ट घुमेपछि फोहोर बाकसमा जम्मा हुन्छ । क्रेनको सहायतमा सो फोहोर विभिन्न बाकसमा राख्न सकिन्छ । फोहोरको प्रकृति अनुसार फोहोर छुट्याउन सकिने रोबर्ट निर्माणकर्ता शंकरले बताए ।

शंकरले यस रोबर्ट बाहेक केवलकार, रिमोट गाडी, डोजर बनाईसकेका छन् । यसै वर्ष जिल्ला शिक्षा कार्यालयबाट अन्तर विद्यालय स्तरीय प्रतिभा पहिचान अन्तर्गत विज्ञान विधामा उनी प्रथम भई पुरस्कृत समेत भएका थिए ।

गोरखा गण्डक गाउँपालिका ३ घर भई रत्नचोकमै बस्दै आएका श्रेष्ठले नर्सरीदेखि नै सोहि विद्यालयमा अध्ययन गर्दै आएको विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारीले जानकारी दिए । शंकरले निर्माण गरेको रोबर्टका लागि विद्यालयले आर्थिक सहयोग प्रदान गरेको छ । विद्यार्थीका यस्ता प्रतिभालाई विद्यालयले कदर गर्दै सहयोग गर्ने उनले बताए ।

यसअघि सोहि विद्यालयमा अध्ययन गरेका तल्लज बराल, तालांक बराल, सनिक केसी, शिशिर कुँवर लगायतले विभिन्न प्रकारका रोबर्ट निर्माण गरिसकेका छन् । यन्त्र प्रदर्शन कार्यक्रममा पोखरा वडा नं.७ का अध्यक्ष रामचन्द्र बराल, वडा सदस्य दीनबन्धु पौडेल, पत्रकार नारायण कार्की, शंकरकी आमा रोमिका श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ