ट्याक्सी सिक्ने क्रममा नदिमा खस्यो, नाबालक छोरा सहित शोभा बेपत्ता

ट्याक्सी सिक्ने क्रममा नदिमा खस्यो, नाबालक छोरा सहित शोभा बेपत्ता

IMG_1189

म्याग्दी । सदरमुकाम बेनीको खुल्लामञ्च नजिकै ट्याक्सी प्रशिक्षण गर्दै गर्दा नदिमा खसेर नाबालक छोरा सहित आमा बेपत्ता भएका छन् ।

ट्याक्सी सिक्ने क्रममा ब्याक गर्दा पर्वत जलजला गाउँपालिका २, बौरमा बस्दै आएकी २५ वर्षीया शोभा अधिकारी खाती र उनीसंगै बसेका ८ बर्षका छोरा सागर खाती नदिमा बेपत्ता भएका हुन् । पूर्वान्ह साढे ११ बजेतिर प्रशिक्षक बाहिर निस्केको समयमा सो घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।

म्याग्दीको मंगला गाउँपालिका २ बावियाँचौर घर भएकी ज्ञानबहादुर खातीकी श्रीमती उनी जिल्ला प्रहरी कार्यालय अगाडि रहेको न्यू बेनी डाईभिङ्ग इन्स्टिच्यूटमा ट्याक्सी सिक्दै थिईन् । बहुउद्देश्यीय मैदानमा रहेको कृषि उपज केन्द्र अगाडि सिक्दै गरेकी अधिकारीको ट्याक्सी ब्याक गर्ने क्रममा नदिमा खस्न पुगेको प्रत्यक्षदर्शीको भनाई छ । ध १ ज २५१ नम्बरको ट्याक्सी पनि सँगै नदिमा वेपत्ता छ ।

खसेगत्तै जिल्ला प्रहरी कार्यालयको टोली म्याग्दी नदी र कालीगण्डकी नदीमा खोजेपनि भेट्न नसकिएको प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए । ट्याक्सी म्याग्दी नदी हुदै कालिगण्डकीमा बगेको हुदाँ बेपता ट्याक्सीको खोजीकार्यका लागि छिमेकी जिल्ला पर्वतको प्रहरीसंग सहकार्य गरेको छ । असुरक्षित रुपमा ट्याक्सी चलाउँदा अप्रिय घटना भएको हुदाँ सो ठाउँमा सवारी साधन सिक्न नदिने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जनाए ।

उक्त ड्राईभिङ ईन्स्टिच्युटका सञ्चालक कर्ण बहादुर घिमिरेलाई नियन्त्रणमा लिई घटनाका विषयमा सोधपुछ पनि गरिरहेको प्रहरीले जनाएको छ ।

तस्विरः म्याग्दी अनलाइन

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds