हेटौंडाकी ‘श्रृंखला’ २३ औं मिस नेपालकी प्रतिष्पर्धी (हेर्नुहोस् १२ तस्विरमा)

हेटौंडाकी ‘श्रृंखला’ २३ औं मिस नेपालकी प्रतिष्पर्धी (हेर्नुहोस् १२ तस्विरमा)

cover

राजकिरण छत्कुली हेटौँडा, २४ फागुन / २३ औं मिस नेपाल चयन गर्ने प्रक्रिया सुरु भइसकेको छ । यो वर्ष २०१८ मा कूल २५ प्रतियोगी मिस नेपाल बन्ने रेसमा छन् । भोटिङ प्रक्रिया समेत खुल्ला भइसक्यो । २३ औं मिस नेपाल बन्न हेटौंडाकी चेली श्रृंखला खतिवडा प्रतिष्पर्धामा होमिएकी छिन् ।

पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर शिक्षा लिएकी श्रृंखला यसपटक मिस नेपालको ताज शिरमा पहिर्याउने उद्देश्यले प्रतियोगी बनेकी छन् । उनी मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्ने एकमात्र युवती हुन् । २२ वर्षीया श्रृंखलाको उचाई ५ फिट ६ ईञ्च रहेको छ । लुमन्ती सपोर्ट समूहमा आर्किटेक्टका रुपमा उनको कार्यअनुभव छ ।

सौन्दर्य प्रतियोगितामा होमिएकी उनको पारिवारिक पृष्ठभूमि भने राजनीतिक हो । बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नं. २ का निर्वाचित नेकपा एमाले सांसद हुन् । आमा मुनु सिग्देल पार्टीकै जिल्ला अध्यक्ष तथा प्रदेश सांसद हुन् । परिवारले राजनीतिक परिवारका छोरी रोलमोडल बनोस् भन्ने उद्देश्यले प्रतियोगितामा पठाउन कुनै रोकतोक गरेका छैनन् ।

मिस नेपाल भन्ने बित्तिकै नकरात्मक सोच राखिने समाजमा सकारात्मक सोच राखुन्, सौन्दर्य प्रतियोगिताका साथै विश्वमाझ नेपालको प्रतिनिधित्व गर्ने अवसर रहेकाले यसतर्फ आकर्षण बढोस् भन्ने श्रृंखलाका परिवार चाहन्छ ।

मकवानपुरे चेलीलाई भोट गर्न MN space 25 गरेर 33001 मा send गर्नु पर्दछ । भोट गरी जिताउन सबैलाई आग्रह गरिएको छ । भोट आगामी अप्रिल ११ बुधबार राति ८ बजेसम्म गर्न पाइनेछ ।

हेर्नुहोस् श्रृंखलालाई १२ तस्विरमा:

.

.

.

.

.

.

.

.

.

.

.

तस्विरः श्रृंखला खतिवडाका फेसबुक तथा इन्स्टाग्राम

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds