शिक्षा नियमावली र परीक्षा निर्देशिका विपरीत मासिक शुल्क लिएको भन्दै नवजागृति मावि विरुद्ध अख्तियारमा उजुरी

शिक्षा नियमावली र परीक्षा निर्देशिका विपरीत मासिक शुल्क लिएको भन्दै नवजागृति मावि विरुद्ध अख्तियारमा उजुरी

mawajagriti

महेन्द्र जिसी, पर्वत । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका चौथो संशोधन को परिच्छेद २ को धारा ४ को उपधारा घ अनुसार एउटै विद्यालयका विद्यार्थीहरुको फारमहरुमा नामको आधारमा अंग्रेजी अक्षर वर्णानुक्रमानुसार मिलाएर राख्नु पर्ने व्यवस्था छ ।

उल्लेखित धारामा रजिष्टे«शन नम्बर र सिम्बोल नम्बर क्रमानुसार कायम गर्नुपर्ने व्यवस्था गरिनुपर्ने नियम छ । यही नियमलाई कुल्चिएर एसईई परीक्षामा विद्याथीमा सहभागी गराएर प्रदेश ४ को उत्कृष्टताको हवाला दिइरहेको मोदी गाउँपालिका ६ नवजागृति तिलाहार विरुद्ध स्थानीयले उजुरी दर्ता गराएका छन् ।

सामुदायिक विद्यालयले विद्यार्थीहरु मार्फत मासिक शुल्क लिएर अध्यापन गराउँदै आएको र एसईई परीक्षामा अल्फावेटिकल अर्डर आफू अनुकुल गराएर उत्कृष्टता हाँसिल गरेको र प्रधानाध्यापकको पदावधी पाँच वर्ष हुनेमा समय सकिएका प्रअबाटै विद्यालयको प्रशासन सञ्चालन आईरहेको भन्दै मोदी गाउँपालिकाका स्थानीयले नवजागृति मावि तिलाहार विरुद्ध उजुरी दर्ता गराएका हुन् ।

गाउँपालिका ६ मा रहेको नवजागृति माविले प्रदेश ४ को उत्कृष्टको झ्याली पिटीरहेका बेला स्थानीयले भने विद्यालयले शिक्षा नियमावली विपरीत काम गरेर अनावश्यक हल्ला फिँजाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

दर्ता नं. १८१८ नम्बरमा दर्ता भएको उजुरीमा विद्यार्थीबाट मनोमानी मासिक शुल्क उठाएर हिसाव किताब नराखिएको सामुदायिक विद्यालयले मानोमानी शुल्क उठाउनु शिक्षा नियमावली विपरीत भएको भन्दै तत्काल कार्वाहीको माग गरिएको छ ।

सामुदायिक विद्यालयले मासीक शुल्क लिन नआउने व्यवस्था गाउँ कार्यपालिकाले समेत पास गराईसकेको र नेपाल सरकारले निःशुल्क तथा अनिवार्य शिक्षा सञ्चालन गरीरहेको सन्दर्भमा विद्यालयले विद्यार्थीहरु मार्फत शुल्क लिएर हिनामिना गर्र्ने गरेको भन्दै स्थानीयले उजुरी दर्ता गराएका हुन् ।

०६८ साल देखी लेखा परिक्षण नगरी विद्यालयले विद्यार्थी मार्फत उठाएको शुल्क हिनामिना गर्दैै आएको स्थानीय अभिभावक रत्न लम्सालले बताए । शिक्षा ऐन २०५८ को नियमावली ७८ को उपनियम ग अनुसार सर्टिफिकेट लिएर मात्र विद्यालय भर्ना गराउन पाउने व्यवस्था गरिएकोमा विद्यालयले नियमावली नाघेर विना सर्टिफिकेट विद्यार्थी भर्ना गराउँदै आएको भन्दै स्थानीयले जिल्ला प्रशासन पर्वत र शिक्षा समन्वय इकाई र गाउँपालिकामा समेत उजुरी दर्ता गराएका हुन् ।

एउटै कक्षाका विद्यार्थीहरुलाई दुई गु्र्प बनाएर अध्यापन गराउँदा बाल मनोविज्ञानमा समेत असर पुगेको भन्दै अभिभावकहरुले विद्यालय विरुद्ध आवश्यक कार्वाहीका लागि उजुरी दिइएको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds