गैंडाको खाग ६५ लाखमा बेच्दै गर्दा धादिङका १९ वर्षीय जिसन सुनार रंगेहात पक्राउ

गैंडाको खाग ६५ लाखमा बेच्दै गर्दा धादिङका १९ वर्षीय जिसन सुनार रंगेहात पक्राउ

gaida-khag-sunar

काठमाडौं । दुर्लभ एकसिङ्गे गैंडाको खाग बेच्दै गर्दा एकजना तस्कर रंगेहात पक्राउ परेका छन् । नयाँबजारस्थित नयाँपुल एरियामा गैंडाको खागको खरिद-बिक्री र ओसारपसार हुँदै गरेकाे सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, लैनचाैरबाट खटिएको प्रहरी टोलीले खागसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको वेनिघाट रोराङ्ग–५ स्थायी घर भएका १९ वर्षीय जिसन सुनार छन् । गैंडाको खागलाई उनले ६५ लाख रुपैयाँमा माेताेल गरेर बेच्न लागकाे अवस्था पहरीकाे टाेली पुगेपछि उनी पक्राउ परे ।

पक्राउ सुनारमाथि थप अनुसन्धान गर्न हात्तीसारस्थित जिल्ला वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ