नवलपरासी सुस्ताका डुबान पीडितहरुलाई १ करोड २६ लाख क्षतिपूर्तिको रकम निकासा

नवलपरासी सुस्ताका डुबान पीडितहरुलाई १ करोड २६ लाख क्षतिपूर्तिको रकम निकासा

Gandak_Nahar_Badh_Nawalparasi

कमला राना मगर, सुस्ता । गत बर्ष लगातार बर्षाको कारणले बालीनालिको डुबान परेका पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड नं. १ र २ का बालीनाली डुबान पीडित किसानहरुलाई क्षतिपूर्तिको रकम १ करोड २५ लाख ९३ हजार ८ सय २० रुपैया बराबरको रकम निकासा भएको छ ।

गत वर्ष लगातार बर्षाको कारणले पानीको निकास नभएको हुदा करिब ३०० सय बिगाहामा लगाएको अन्नबाली डुबानमा परेपछि सुस्ता गाउँपालिका वार्ड न १ र २ का डुबान पीडित किसानहरुले पानीको निकास दिनको लागि भारतीय गण्डक पश्चिमी नहर भत्काएका थिए ।

सुस्ता १ र २ का पीडित किसानहरुले आफ्नो बालीनाली डुबानमा परेपछि पानीको निकासका लागि भारतीय गण्डक पश्चिमी नहर भत्काए पछि पीडित किसान,स्थानीय जनप्रतिनिधि र भारतको गण्डकका कर्मचारीहरु बीच ६ बुदे सम्झौता भएको थियोे ।

त्यही ६ बुदे सम्झौता मध्येमा बुदा नम्बर ३ मा डुबानमा परेर पुर्ण रूपमा बालीनाली नस्ट भएको बालीनालीको क्षतिपूर्तिको माग गरिएको थियो । सोही माग अनुसार भारत सरकारले डुबान परेको बालीनालीहरुको क्षतिपूर्ति दिन बैठकमा सम्झौता गरे पनि तर भारत सरकारले क्षतिपूर्ति दिएन ।

भारत सरकारले डुबान परेको बालीनालीको क्षतिपूर्ति नदिए पछि पीडित किसानहरुले पुनः भारतीय पश्चिमी गण्डक नहर भत्काउने धम्की र पटकपटक जनप्रतिनिधिहरुको दबाबले गर्दा नेपाल सरकारले क्षतिपूर्ति दिएको नेपाल पश्चिम गण्डक सिंचाइ व्यवस्थापनको कार्यालय सेमरीका लेखापाल गणेश घिमिरेले बताए ।

सुस्ता वार्ड न १ र २ गरि ५ सय १४ जना बालीनाली डुबान पीडित किसानहरुले क्षतिपूर्तिको निवेदन दिएता पनि त्यस मध्येमा ३ सय ९६ जना किसानको सम्पुर्ण कागजातहरु मिलेको हुदा ती किसानहरुले मात्र क्षतिपूर्ति पाउने क्षतिपूर्ति एकिन तथा मुल्यांकन समितिका संयोजक एवम नेपाल पश्चिम गण्डक सिचाइ व्यवस्थापनको कार्यालयका प्रमुख टिकाराम बरालले बताए ।

पश्चिम नेपाल गण्डक सिंचाइ व्यवस्थापनको कार्यालय सेमरीका लेखापाल गणेश घिमिरेको भनाइ अनुसार मुक्तिनाथ बिकास बैंक गोपिगन्जमा १८३ जना किसानको ब्यक्तिगत खातामा ७२ लाख २६ हजार ५ सय ६९ रुपैया र एनमबी बैंक कुडियामा १६५ जना किसानहरुको ब्यक्तिगत खातामा ५३ लाख ६७ हजार २ सय ५१ रुपैया गरि १करोड २५ लाख ९३ हजार ८ सय २० रुपैया टोटल क्षतिपूर्तिको रकम ३ सय ४८ जना किसानहरुको ब्यक्तिगत खातामा सिचाइ व्यवस्थापनको कार्यालय सेमरीले ट्रान्सफर गरिसकेको र बाकी छुटेका किसानहरुको एकिन तथा मुल्यांकन भएपछि क्षतिपूर्ति रकम उपलब्ध गराउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ