मुस्ताङको आकाश हेलीमय, मोदीको स्वागत तयारी तीब्र

मुस्ताङको आकाश हेलीमय, मोदीको स्वागत तयारी तीब्र

mustang

सुन्दर कुमार थकाली, मुस्ताङ । शनिवार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुुक्तिनाथ भ्रमणको पुर्वतयारी तथा व्यवस्थापनका लागि भारतीय प्राविधिक तथा व्यवस्थापनको एक टोली भारतीय वायुसेवा मार्फत जोमसोम आईपुगेको छ ।

अतिआवश्यकीय समाग्राीहरु तथा मेडिकल सामाग्री सहित उच्चस्तरिय टोली जोमसोम उत्रिएको हो । जोमसोम उत्रिएको प्राविधिक तथा विहिवार नै मुक्तिनाथ क्षेत्र जाने भएको छ । त्यस्तै, मोदी भ्रमणको व्यवस्थापनका लागि विहिवारनै भारतीय अधिकारी जिल्ला सुरक्षा समितिको मुक्तिनाथमा बैठक बस्ने सिडियो शिशिर पौडेलले जानकारी दिए ।

यस्तै, जिल्ला सुरक्षा समितिले मोदी भरपर्दो सुरक्षाका लागि भोली शुक्रवार मध्यान्ह ४ बजेदेखि शनिवार १२ बजे सम्म मुक्तिनाथक्षेत्रको ८ सय मिटर वरपर पुरै शिल गर्ने भएको छ । उनले मोदीको सुरक्षाका राज्यका तर्फबाट पर्याप्त सुरक्षाकर्मी परिचालन हुने बताए ।

मुुस्ताङको आकाशमा बिहिवार मोदी भ्रमणका लागि हेलिमय भएको छ भने जिल्ला पुरै मोदीमय बनेको छ । शनिवार हुने मोदी भ्रमणको स्वागतका लागि जिल्ला समन्वय स्वागत समितिले, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मुक्तिनाथ बिकास समितिले ४ वटा स्वागत गेट निर्माण गरेको छ ।

मोदी भ्रमणका लागि मुक्तिनाथक्षेत्रमा ५ वटा हेली प्याड बनाईएको छ । मोदीले मुक्तिनाथका पुजारी कृष्ण प्रसाद सुबेदीसंग पुजा र दर्शन गर्ने भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds