स्याङ्जा । पुतलीबजार नगरपालिका–२ ज्याङ्दी ग्रामीण कच्ची सडकमा महेन्द्र बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन्। पुतलीबजार नगरपालिका–१ प्रगतिनगरबाट ओरष्टे जाँदै गरेको ग१ज ६३९९ नम्बरको बुधबार साँझ जीप दुर्घटना भएको हो।
दुर्घटनामा बिरुवा गाउँपालिका–४ ओरष्टेका ७२ वर्षीय शुक्र बहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको हो। यसैगरी दुर्घटनामा बिरुवा गाउँपालिका–४ का २५ वर्षीय भिम बहादुर थापा, २४ वर्षीय विष्णु थापा, १७ वर्षीया सनि थापा र १८ वर्षीया अप्सरा राना घाइते भएको प्रहरीले जनाएको छ।
जिप चालक ३६ वर्षीय खेम राना पनि घाइते छन्। उनलाई स्याङ्जा जिल्ला अस्पतालमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको छ। दुर्घटनाका अन्य घाइतेहरुको जिल्ला अस्पताल स्याङ्जामा उपचार भैरहेको प्रहरी प्रमुख एसपी जयराज सापकोटले जानकारी दिए।
उनका अनुसार जिप अनियन्त्रित भै सडकबाट करिब ५० मिटर तल सुन्दर खोलामा खसेको थियो। मृतक रानाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
सम्बन्धित खबर
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
पोखराको चाउथेमा दुर्घटना: १९ वर्षीया खुसीको मृत्यु, स्कुटर चालक विनिता घाइते
सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
पोखरा १० द्वारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग