कृषि प्राविधिक शिक्षाका लागि मनकामना माविमा जेठ १५ देखि महायज्ञ

कृषि प्राविधिक शिक्षाका लागि मनकामना माविमा जेठ १५ देखि महायज्ञ

32260896_979862415520444_1143608800033374208_n

सरोज अर्याल, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका १२ पेल्काचौर स्थित मनकामना माध्यमिक विद्यालय परिसरमा जेठ १५ देखि २३ गते सम्म महायज्ञ आयोजना गरिने भएको छ ।

स्याङ्जाकै ऐतिहासक धार्मिक एवम् पर्यटकीय स्थल पेल्काचौरको प्रत्यक्ष प्रतिष्ठासँग जोडिएको मनकामना माविलाई प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा स्थापना गरी सिंगो पेल्काचौर क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा परिचित गराउन अबका दिनमा कृषि प्राविधिक विद्यालयका रूपमा संचालन गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गर्न लागिएको जनाईएको छ ।

महायज्ञमा श्री मानव कल्याण अध्यात्मिक परोपकार संघ नेपालका प्रख्यात श्रीमद्भागवत कथा प्रवक्ता बाल योगेश्वर महाराजश्री आउनेछन् ।

पुतलीबजार मनकामना मावि शैक्षिक तथा धार्मिक महामहोत्सव २०७५ नाम दिई आयोजित महोत्सवमा संकलित रकम पर्याप्त भएको खण्डमा पुतलीबजार नगरपालिकाका १४ वडा मध्ये १२ नं. वडामा पहिलो प्राविधिक विद्यालय सञ्चालन हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ