स्याङ्जा मनकामना मावि शैक्षिक तथा धार्मिक महा–महोत्सव सुरु

स्याङ्जा मनकामना मावि शैक्षिक तथा धार्मिक महा–महोत्सव सुरु

vagwat

सरोज अर्याल, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका १२ पेल्काचौर स्थित मनकामना माध्यमिक विद्यालय परिसरमा मंगलबारदेखि शैक्षिक तथा धार्मिक महा–महोत्सव, संगीतमय लिलामय नवाह ज्ञान महायज्ञ सुरु भएको छ । बुधबार दोस्रो दिन पनि महोत्सव जारी छ ।

श्री मनकामना माध्यमिक विद्यालय र पेल्काचौर स्वास्थ्य चौकिको सर्वाङ्गिण विकासका लागि आयोजित शैक्षिक तथा धार्मिक महा–महोत्सव जेठ २३ गते सम्म चल्नेछ ।

आयोजक समिति अध्यक्ष दुत प्रसाद गुरुङको अध्यक्षता एवं प्रदेश सांसद दीपक चर्ती मगरको प्रमुख आतिथ्यता र उपमेयर महेश पुरीको विशेष आतिथ्यतामा उद्घाटन समारोह भएको थियो । महायज्ञ शुभारम्भको दिन तीन लाख संकलन भएको छ ।

महायज्ञमा श्री मानव कल्याण अध्यात्मिक परोपकार संघ नेपालका प्रख्यात श्रीमद्भागवत कथा प्रवक्ता बाल योगेश्वर महाराजश्रीले कथावाचन गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ