खिङ्गाको कालोभीरमा ट्याक्टर पल्टियो, २ जना गम्भिर घाईते

खिङ्गाको कालोभीरमा ट्याक्टर पल्टियो, २ जना गम्भिर घाईते

t

सुन्दर कुमार थकाली, मुस्ताङ । मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ खि®ा स्थित कालोभीर सडकमा शनिवार ट्याक्टर दुर्घटना भएको छ ।

जोमसोमबाट खिङ्गा गाउँमा निर्माण सामाग्री पु¥याई फर्कने क्रममा तिब्र गतिमा जोमसोमतर्फ फर्किएको ग १ त ४०३८ नम्बरको उक्त ट्याक्टर भिरालो सडकमा अनियन्त्रित भई कालोपत्रे सडक पुर्वतर्फको नालीमा उत्तानोपरि पल्टिएको ईलाका प्रहरी कार्यालय मुक्तिनाथका प्रहरी सहायक निरिक्षक चित्रबहादुर केशीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ट्याक्टरका चालक सिमरा १२ गढीमाई नगरपालिका ३ घर भएका २५ वर्षिय कृष्ण राई र सहचालक म्याग्दी घर भएका १८ वर्षिय अजय रोक्का गम्भिर घाईते भएका छन् ।

घाईते द्धय राई र रोक्कालाई थप उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घाईते १ जनाको प्रहरी,स्थानीयको सहयोगमा तत्काल उद्धार गरिएको र १ जनाको ट्याक्टरले च्यापेका कारण १ घण्टापछि बाहिर निकालिएको थियो ।ट्याक्टर घरपझोङ गाउँपालिका ३ स्याङ बस्ने सन्त नेपाली भएको बताईएको छ ।

पछिल्लो समय कागेबनी मुक्तिनाथ सडक कालोपत्रे भएपछि दुर्घटना बढ्दै जान थालेको प्रहरीले जनाएको छ ।यसअघि सो सडकको आसपास ३ वटा दुर्घटना भईसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds