तनहुँ कलाकार संघको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा यमसागर

तनहुँ कलाकार संघको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा यमसागर

tanahun kalakar sangh

किरण श्रेष्ठ,तनहुँ । तनहुँ कलाकार संघको आइतबार दमौलीमा दोश्रो अधिवेशन सम्पन्न भएको छ । दमौलीमा सम्पन्न सम्मेलनले यमसागर विकको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सिर्जना आले र द्वितिय उपाध्यक्षमा प्रकाश विक चयन भएका छन् । त्यसैगरी संघको सचिवमा शर्मिला राना, सहसचिवमा अशोक बिश्वकर्मा र कोषाध्यक्षमा कृष्ण बहादुर बिक, सह कोषाध्यक्ष सिर्जना थापा रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा मनोज सुवर्णकार, पूर्णमाया नेपाली, रुपा थापा, शर्मिला क्षेत्री, रुचि भुजेल, जमुना नेपाली, पुजा घर्ती, एकमाया श्रेष्ठ र विमल सुनार रहेका छन् । अधिवेशनले संघको सल्लाहकारमा राजकुमार श्रेष्ठ ‘राकु’, दिपक राई, दिलिपकुमार श्रेष्ठ, दिवान किनार, सुवास गुरुङ, सुभद्रा श्रेष्ठ, विष्णु खड्का लाई चयन गरेको छ । त्यस्तै संघको संरक्षकमा कृष्णप्रसाद गौतम र उत्सव सुनार लाई चयन गरेको छ ।
संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ राकु, गायक दिवान किनार लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds