[अपडेट] तनहुँमा बस पल्टिदाँ ६ जना घाइतेको नामावली सहित

[अपडेट] तनहुँमा बस पल्टिदाँ ६ जना घाइतेको नामावली सहित

acci (1)

तनहुँ, ९ माघ / दुलेगौँडा- हर्कपुर मोटर मार्ग अन्र्तगत तनहुँको शुक्लागण्डकी वडा नं. ३, वनकेवास्थित धारापानीमा मिनि बस दुर्घटना हुँदा घाईते हुने ६ जनाको नामवाली खुलेको छ । शुक्लागण्डकी ६ ब्यागनबाट दुलेगौँडा आउँदै गरेको ग १ ख ६८५३ नं को मिनिबस दुर्घट्नामा परेको हो । दुर्घट्ना परी चालक सहित ६ जना घाइते भएका गिए ।

घाइते हुनेहरुमा चालक सुक बहादुर नेपाली (बुद्धि) , शुक्लागण्डकी-६ ब्यागन निवासी डोल माया थापा (मधु), शुक्लागण्डकी ४ निवासी बर्ष ३४ की केशी माया गुरुङ, म्याग्दे गाँउपालिका-५ निवासी २३ बर्षिय शिशिर राना ,छाङ्पाटन निवासी बर्ष ४० का देव बहादुर थापा (गद्दु) र शुक्लागण्डकी ३ कालिम¥याङ्का नेत्र वि.क छन् ।

घाईतेमध्ये देव बहादुर थापा र डोल माया थापालाई जिपि कोइरालामा सामान्य उपचारपछि पोखरा पठाइएको छ भने अन्यको शुक्लागण्डकी स्थित जिपि कोइराला श्वास प्रश्वास उपचार केन्द्र झरौटामा उपचार भैरहेको छ ।

घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएकोे छ । ब्रेकफेल भएर दुर्घटना भएकोे प्रहरीले बताएको छ । बस सडकबाट २५ फिट तल खसेको छ । बस खसेपछि सडक छेउमा भएका चिलाउनेका रुखहरुले अड्याएकाले ठुलो दुर्घटनाबाट जोगिएको स्थानिययको भनाई छ ।। साँघुरो कच्ची मोटर बाटोमा क्षमता भन्दा बढी यात्रु बोक्ने गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

(तनहुँका पत्रकार राजकुमार आलेको सहयोगमा)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ