रमेश परियार र रिमा आलेको नाचौँनाचौँ लाग्ने गीत : तीज आयो देशैमा (भिडियो)

रमेश परियार र रिमा आलेको नाचौँनाचौँ लाग्ने गीत : तीज आयो देशैमा (भिडियो)

teej1

श्यामशितल परियार, लमजुङ । लोकदोहोरी गायक रमेश परियार र गायिका रिमा आलेको नयाँ गीत ‘तीज आयो देशैमा….’ सार्वजनिक गरिएको छ । रमेश परियारकै लय÷शब्दमा तयार पारिएको छमछमी नाचौँनाचौँ लाग्ने तीज गीतमा मोडल तथा गायक प्रकाश सपूत र मोडल सोना परियारले कम्मर मर्काएका छन् । उनीहरुलाई गीतमा नृत्य निर्देशक एकिन्द्र सारा शंकरले छमछमी नचाएका हुन् ।
गीतको छायांकन करण चैसिर र हरिष महाराले गरेका छन् । गीतको भिडियो सम्पादन भने अमर शाक्यले गरेका छन् । हिमसम्झौता डिजिटल प्रालिको दृश्य निर्माण रहेको गीतको उत्पादन÷वितरण एसथ्रिके ईन्टरटेनमेन्ट प्रालिले गरेको हो ।हिन्दु नारीको महान पर्व तीजको अवसरमा मौलिक पारामा प्रेम भाव समेटि तीज गीत तयार पारिएको गायक परियारले बताउनुभयो । युट्युबमार्फत सार्वजिनक गरिएको गीतप्रति धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ