तनहुँको आबुखैरेनीबाट मिटर ब्याज लगाई झुक्याई ठगी गर्ने एक महिला पक्राउ

तनहुँको आबुखैरेनीबाट मिटर ब्याज लगाई झुक्याई ठगी गर्ने एक महिला पक्राउ

pakrau-crime mahila

File Photo

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले आबुखैरेनी गाँउपालिका वडा नं.३ बाट मिटर ब्याज लगाई झुक्याई ठगी गर्ने एक महिला लाइ पक्राउ गरेको छ ।

माईती घरमा बस्ने, गण्डकी बहुउद्देश्य सहकारी संस्थामा काम गर्ने आबुखैरेनी गाँउपालिका वडा नं.३ बस्ने वर्ष ३८ की कल्पना कैनी खड्का कैनी लाइ प्रहरीले पक्राउ गरेको हो । कैनीले बिभिन्न मितिमा सोही ठाउँ बस्ने आशरुपी गुरुङ समेतलाई बिभिन्न प्रलोभन देखाई झुक्यानमा पारी मिटर ब्याज लगाई रकम ठगी गरेको जाहेरी दर्ता भएको छ ।

कैनीले ठगि गरेको भनी पिडितहरुबाट जाहेरी दरखास्त पर्न आए पश्चात कल्पना कैनी लाई गत सोमबार पक्राउ गरिएको हो । कैनि लाई मंगलबार ठगी मुद्दामा जिल्ला अदालत तनहुँमा उपस्थित गराई म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ