१०५ बर्ष पुरानो टाईटानिक पत्र १ लाख २६ हजार पाउन्डमा विक्री !

१०५ बर्ष पुरानो टाईटानिक पत्र १ लाख २६ हजार पाउन्डमा विक्री !

Titanic Letter

लन्डन – बेलायती पानीजहाज टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व किर्तिमानी मुल्यमा लिलामीमार्फत विक्री भएको छ ।

टाईटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उत्रः पत्र १ लाख २६ हजार पाउन्डमा विक्री भएको बताईएको छ ।

होल्भरसनले उक्त पत्र टाईटानिक डुब्नभन्दा अघिल्लो दिन स्न १९१२ अप्रिल १३ मा लेखेको हुनाले विश्वप्रसिद्ध पत्रमधयेको एक हो ।

यो मात्रै एउटा त्यस्तो पत्र हो जुन एट्लान्टिक महासागरमा पुगेर पनि जोगिएको थियो ।समुन्दी पानीका दाग लागेको उक्त पत्र लिलामीमार्फत् पत्र किन्न फोनबाट निवेदन दिएका बेलायती खरिदकर्तालाई विक्री गरिएको छ ।

लिलामकर्ता एन्ड्रिजले ती अज्ञात खरिदकर्तालाई ईतिहासको एउटा महत्वपुर्ण सामाग्री बटुलेको मान्छेको संज्ञा दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds