पर्यटन पत्रकार मञ्च पोखरा गठन, अध्यक्षमा परियार

पर्यटन पत्रकार मञ्च पोखरा गठन, अध्यक्षमा परियार

TJF

पोखरा । पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी पत्रकारिता गर्दै आएका पोखराका क्रियाशील पत्रकारहरुको भेलाले प्रदेश नं. ४ कार्यक्षेत्र रहने गरी ‘पर्यटन पत्रकार मञ्च पोखरा’ गठन गरेको छ । बुधबार आयोजित भेलाले कान्तिपुर दैनिकका पोखरा संवाददाता दीपक परियारको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सागरराज तिमिल्सिना (एपिवान), सचिवमा सुरेन्द्र पौडेल (आर्थिक अभियान), सहसचिवमा स्मिता अधिकारी (समाधान), कोषाध्यक्षमा कृष्ण दवाडी (हिमाली आवाज) छन् । सदस्यहरुमा राधिका कँडेल (फोटो पत्रकार), गीता राना मगर (एबिसी) तारा पौडेल (सिटी पोखरा) र श्रीभद्र पौडेल (आदर्श समाज) चयन भएका छन् ।

समितिको बुधबार बसेको पहिलो बैठकले रुपनारायण ढकाल (हिमालयन टाइम्स) सन्तोष पोखरेल (नागरिक), बासुदेव पौडेल (रासस) र कृष्णमणि बराल (अन्नपूर्ण पोष्ट) लाई सल्लाहकार चयन गरेको अध्यक्ष परियारले जानकारी दिए । विधान मस्यौदा समितिको संयोजकमा बिभु भुसाल र सदस्यमा बासुु मिश्र र सुरेन्द्र पौडेल चयन भए ।

उक्त अवसरमा बोल्दै सल्लाहकार रुपनारायण ढकालले प्रदेश ४ पर्यटनको केन्द्र भएकाले पर्यटन पत्रकार मञ्चको भूमिका महत्वपूर्ण रहने बताए । संस्थालाई क्रियाशील बनाएर अगाडि बढाउन अर्का सल्लाहकार बासुदेव पौडेलले आग्रह गरे । एउटा बिटलाई बढी प्राथमिकतामा राखेर कलम चलाउन सके पत्रकारको क्षमतामा समेत बृद्धि हुने सल्लाहकार सन्तोष पोखरेलले धारणा राखे । अर्का सल्लाहकार कृष्णमणि बरालले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने गरी रचनात्मक कार्यक्रमहरु गर्न मञ्चलाई आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ