तपाईंले चलाएको सवारी ट्राफिक अफिसबाटै निगरानी

तपाईंले चलाएको सवारी ट्राफिक अफिसबाटै निगरानी

cc camera (3)

पोखरा । पोखराका मुख्य चोकमा सवारी चलाउँदा कुनै सवारीले ठक्कर दियो ? वा, अन्त ठक्कर दिएर यी चोकहरु भएर भागे ? अब सिसिटिभी क्यामेराकै सहयोगमा ति सवारीहरु समातिन्छन् । यी चोकहरुको गतिविधि जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै प्रत्यक्ष हेर्न मिल्ने बनाइएको छ । हिट एण्ड रन केसलाई सघाउ पुग्ने विश्वास गरिएको छ ।

पोखराका मुख्य चोकहरुमा सिसी टिभी क्यामेरा जडान गरिएको छ । पोखराको मुख्य चोक पृथ्वीचोक, सभागृहचोक, र सिर्जना चोकमा सिसि टिभी क्यामेरा जडान गरिएको हो । बुधबार पृथ्वीचोकमा चारै दिशातर्फ जडान गरिसकिएको छ भने सभागृहचोकमा तीन वटा र सिर्जनाचोकमा चार वटा क्यामेरा जडान कार्य भईरहेको छ ।

लायन्स क्लब अन्तर्गत हेल्पिङ ह्याण्ड्स संस्थाले दुई वटा क्यामेरा सहितका सामाग्री, ड्राईभिङ संघले २ वटा क्यामेरा सहयोग गरेको र ५५ ईञ्च एलईडी टिभी देखि आवश्यक सम्पूर्ण सहयोग पोखरा लेखनाथ महानगरपालिका तथा वडा नं. ८ कार्यालयबाट प्राप्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

‘मुख्य कुरा त चोकमा सवारीको गतिविधि हेर्नकै लागि यो जडान गरिएको छ । दुर्घटना हुँदा तत्काल पक्राउ गर्न यो फलदायी हुनेछ ।’ उनले भने – ‘मुख्य चोकहरुबाट यो सुरु भएको छ । चारै दिशा हामी यहीं बसेर हेर्न सक्छौं । यहीँबाट मोनिटर गरिन्छ । अपराध अनुसन्धानमा यसै रेकर्डको सहयोग लिईन्छ ।’

प्रहरी नायव निरिक्षक शिव थापाले दुर्घटना गराउने सवारी नियन्त्रणका लागि मात्र नभई यसले सवारी जामलाई प्रभावकारी ढंगले हटाउन सहयोग पुग्ने बताए । कहाँबाट जाम् भएको छ ? कसले लेन उल्लंघन गरेको छ ? प्रहरीले आफ्नो ड्युटी पुरा गरेको छ कि छैन ? वा राती अपराध गर्नेहरु समात्न समेत यो उपयोगी हुने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds