त्रिशुली नदीमा बेवारिसे शव फेला

त्रिशुली नदीमा बेवारिसे शव फेला

किरण श्रेष्ठ, तनहुँ ।   तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ बगही स्थित त्रिशुली नदीमा नाम थर नखुलेको पुरुषको शव फेला परेको छ ।

अन्दाजी १५/१६ वर्ष उमेर भएका उक्त पुरुषको शव नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो । स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले घटनास्थलको जाँचबुझ गरि घटनास्थल एवं शवको मुचुल्का गरेको छ ।

उक्त शव सनाखतको लागि दमौली अस्पतालको शव गृहमा ल्याइएको प्रहरीले जनाएको छ । गहुगोरो वर्ण, मझौला शरीर, बाटुलो मोहडा, मंगोलियन जस्तो देखिने उक्त पुरुषले चेक सर्ट र निलो जिन्स पाइन्ट लगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ