भविष्यवाणी खेर नगएकोमा सन्तुष्ट ज्यो. अंगिरसको भविष्यवाणी, यी पूर्वप्रधानमन्त्री चुनाव हार्छन्, कुन दल ठूलो?

भविष्यवाणी खेर नगएकोमा सन्तुष्ट ज्यो. अंगिरसको भविष्यवाणी, यी पूर्वप्रधानमन्त्री चुनाव हार्छन्, कुन दल ठूलो?

Types-of-Doshas-in-the-kundali
  • वरिष्ठ ज्योतिष अंगिरस न्यौपाने

चुनावी परिणामबारे भविष्यवाणी गर्नु ज्योतिषीका लागि सजिलो कुरा होइन । यसबारे अरु ज्योतिषीहरू तर्कने गरेका छन्, तर मैले २०३७ सालको जनमत संग्रहदेखि नै हरेक निर्वाचनमा भविष्यवाणी गर्दै आएको छु । कुनै पनि भविष्यवाणी खेर नगएकोमा आफ्नो ज्ञानप्रति म सन्तुष्ट छु ।

चुनावको भविष्यवाणी गर्न ज्योतिषीहरू हच्कनुको मुख्य दुई कारण छन् । पहलो कारण हो, धेरै उम्मेदवार, धेरै ठाउँहरूको कुण्डिली तथा अवस्थिति हेर्नुपर्ने र हिसाब किताब राख्नुपर्ने भएकाले सामान्य ज्योतिषीको बुत्ताले भ्याउँदैन ।

दोस्रो कारण हो, असन्तुष्ट पक्षले आलोचना गर्ने र धम्की दिने सम्भावना त्यति नै बढ्छ । २०७० सालको संविधानसभा निर्वाचनमा मैले माओवादीका केही नेताले चुनाव हार्ने र २४० मध्ये २० देखि २५ सिट मात्रै माओवादीले जित्ने भविष्यवाणी गरेको थिएँ, यो भविष्यवाणी चुनाव आउनुभन्दा चार दिनअघि तरुण साप्ताहिकमा छापियो ।

त्यस दिनदेखि मतगणनाको परिणाम नआउँदासम्म केही मान्छेहरूले मलाई फोन गरेर निकै दुःख दिए । त्यतिबेला मैले कांग्रेसले ११० सिट जित्छ भनेको थिएँ । किन थोरै भनिस् ? भन्दै कांग्रेसका कार्यकर्ता रिसाए । एमालेले ८० को आसपासमा जित्छ भनेको थिएँ । एमालेका मान्छेहरू खासै रिसाएनन् । २०३७ सालको जनमतसंग्रहभन्दा चार महिनाअघि मैले निर्दलले चुनाव जित्छ भनेर भविष्यवाणी गर्दा गणेशमानजीले सार्वजनिक समारोहमै मेराविरुद्ध मुख छाड्नुभयो ।

तर बीपी कोइरालाले मेरो भविष्यवाणीलाई गम्भीर रूपमा लिँदै अनुसन्धान सुरु गर्नुभएछ । मतदानभन्दा केही दिनअघि आफ्ना निश्चित मान्छेहरूलाई बीपीले भन्नुभएछ– ‘अंगिरसको भविष्यवाणीसँग त मलाई चिन्ता छैन, तर भारतको आग्रहमा नेपालले रुसमा आफ्ना खेलाडी पठाएका कारण म चिन्तित छु ।’

यसपटकको चुनावमा कस्तो परिणाम आउँछ ? भन्ने सन्दर्भमा मलाई धेरै साथीहरूले सोध्न थालेपछि आफैं मतदाता रहेको भक्तपुर १ को कुण्डली र उम्मेदवारद्वय दमननाथ ढुंगाना र महेश बस्नेतको कुण्डली हेरेँ । दमनजी विद्वान र सरिफ नेता हुनुहुन्छ । तर कुण्डली हेर्दा उहाँले चुनाव जित्ने अवस्था मैले देखिनँ । त्यसपछि म चुप लागेर बसेको थिएँ । आइतबार बिहानै तपाईले फोन गरेर सोधेपछि मैले हार्न सकिनँ । आफूले देखेको कुरा सार्वजनिक गर्नै पर्छ भन्ने पनि लाग्यो ।

यसपटक एमालेका ग्रहदशा राम्रा छन् । नेपाली कांग्रेसका मध्यम छन् । माओवादी केन्द्रका अत्यन्त खराब छन् । यदि एमाले एक्लै चुनाव लडेको भए अकल्पनीय परिणाम ल्याउने निश्चित थियो, तर अत्यन्त खराब दशामा गुज्रिरहेको माओवादीसँग तालमेल गरेका कारण एमालेले आशातित परिणाम ल्याउने मैले देखेको छैन । देशको मध्य र पूर्वी पहाडी क्षेत्रमा एमालेले उल्लेख्य सिट जित्ने अवस्था छ भने पश्चिमी र दक्षिणी भागमा कांग्रेसले उल्लेख्य सिट जित्ने अवस्था छ । उत्तरी भागमा भने मिश्रित परिणाम आउनेछ ।

निर्वाचन क्षेत्रको हिसाब निकाल्न एक दुई दिन लाग्ने भएका कारण यति यति सिट आउँछ भनेर ठ्याक्कै भन्न सक्ने अवस्थामा म अहिले छैन । काठमाडौं उपत्यकामा दुईवटा नयाँ र साना पार्टीले कांग्रेसलाई निकै नोक्सान पु¥याउने देखिन्छ । कांग्रेसका लागि काठमाडौं उपत्यकामा यी दुई साना पार्टीहरू राहु र केतु जस्ता देखिएका छन् । तर यी दुई साना पार्टीले एक सिट पनि जित्दैनन् । काठमाडौं उपत्यकामा कांग्रेसको अवस्था कमजोर हुने स्थितिकै कारण एमाले ठूलो पार्टी बन्छ कि जस्तो पनि देखिएको छ ।

काठमाडौं १ मा कांग्रेसका नेता प्रकाशमान सिंहले जित्न पनि सक्छन् । क्षेत्र नम्बर २ मा पूर्वप्रधानमन्त्री माधव नेपालको पनि उत्साहजनक जित देखिँदैन । झिनो मतले जित्ने सम्भावना छ । प्रमुख दलका शीर्ष नेतामध्ये प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीको उत्साहपूर्ण जित हुने अवस्था छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने चुनाव जित्ने सम्भावना कहीँ कतै देखिँदैन ।

यतिबेला उनका ग्रहदशा ज्यादै नराम्रा छन् । अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालको पनि यसपटक चुनाव जित्ने योग छैन । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ज्यादै थोरै मतअन्तरमा चुनाव जित्नेछन् । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका ग्रह दशा राम्रा देखिए पनि विगतको जस्तो धेरै मतले चुनाव जित्ने अवस्था छैन ।

अन्तर्घातका कारण उनले थोरै मतअन्तरले मात्रै चुनाव जित्नेछन् । कांग्रेसका कृष्णप्रसाद सिटौलाले चुनाव जित्ने सम्भावना कमजोर देखिन्छ । निर्वाचनको परिणामपछि राप्रपाका अध्यक्ष कमल थापा र पशुपतिशमशेर राणा पनि खुसी हुने सम्भावना कम छ ।

स्रोत : पाथिभरा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ