व्यास युवा समाजले उचाल्यो जागौं युवा कप मैत्रीपूर्ण फुटबलको उपाधि

व्यास युवा समाजले उचाल्यो जागौं युवा कप मैत्रीपूर्ण फुटबलको उपाधि

footbal winner

तनहुँ । जागौं युवा नेपालको छैठौं वर्ष प्रवेशको अबसरमा आयोजित जागौं युवा कप सेभेन ए साइड मैत्रीपूर्ण फुटबल प्रतियोगितामा व्यास युवा समाज प्रथम भएको छ । शनिवार भएको खेलमा लियो क्लव अफ तनहुँलाई २–० को गोलान्तरले पछि पार्दै व्यास युवा समाज प्रथम भएको हो ।
जागौं युवा नेपाललाई २–१ गोलान्तरले पराजित गर्दैे व्यास युवा समाज फाइनलमा प्रवेश गरेको थियो । रोट्याक्ट क्लव अफ दमौली र लियो क्लव अफ तनहुँ बिच भएको खेलमा लियो क्लव ३–० गोलान्तरले फाइनलमा प्रवेश गरेको थियो ।

विश्वकप फुटबलको माहोल बढिरहेको समयमा सामाजिक सेवामा क्रियाशिल संघसंस्था बिच सहकार्य र सुमधुर सम्बन्ध कायम गर्नका लागि मैत्रीपूर्ण खेलको आयोजना गरिएको जागौं युवा नेपालका अध्यक्ष समुन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds