आजदेखि फुटबलको महाकुम्भ विश्वकप, ११ सहर, १२ रंगशाला

आजदेखि फुटबलको महाकुम्भ विश्वकप, ११ सहर, १२ रंगशाला

1528618147fifa_world_cup_2018

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ आजबाट सुरु हुँदै छ । आजको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै छन् । उनीहरु मस्कोको लुझ्निकी रंगशालामा खेल्दै छन् ।

यो विश्वकपमा ३२ टिम सहभागि छन् । यसअघिको विजेता जर्मनीसहित ३२ दिनसम्म यी टिमहरुले ६४ खेल खेल्छन् ।

विश्वकपको २१ औं शृङ्खला ११ सहरका १२ रंगशालामा खेलिनेछ । यी रंगशालाहरु १८ सय माइलसम्म फैलिएका छन् ।फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ। रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ औँ स्थानमा छ।

सन् २००८ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा नै रसियाको फुटबलमा अहिलेसम्मको उपलब्धि हो। रसिया आयोजक राष्ट्रका हैसियतमा मात्र विश्वकप फुटबलमा छनौट भएको हो।

साउदी अरेबिया भने यसअघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागि भैसकेको छ। विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता जनाउँदैछन्। एक महिनासम्म चल्ने विश्वकप फुटबलमा ६४ खेल हुनेछन्। रसियाले ११ सहरका १२ वटा मैदानलाई विश्वकप फुटबलका लागि तयार गरिसकेको छ। प्रतियोगितामा सहभागि हुन अधिकाशं देशका खेलाडी रसिया पुगिसकेका छन्।

यसपटकको विश्वकपको प्रबल दाबेदारो रुपमा ब्राजिल, स्पेन र फ्रान्सलाई हेरिएको छ। विश्वकप फुटबलको २१औं संस्करण जितेको जर्मनीले फिफा वरियताको शीर्ष स्थानमै रहेर यो विश्वकप पनि सुरू गर्दैछ। अर्जेन्टिना लियोनेल मेसी र युरोपियन च्याम्पियन पोर्चुगल क्रिस्टियानो रोनाल्डोका भरमा प्रतियोगिता जित्ने आशा बोकेर रूस पुगेका छन्।

प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागि हुदैँछन्।

विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्। त्यस्तै उपविजेताले २८ मिलिनय डलर पाउनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ