मुस्ताङमा सविधान दिवस

मुस्ताङमा सविधान दिवस

b1

सुन्दरकुमार थकाली
मुस्ताङ,४ असोज ।
मुलुकभर संविधान दिवस मनाउनेक्रममा मुस्ताङमा पनि दिवस मनाईएको छ ।जिल्ला समन्वय समितिको आयोजनामा बुधबार मुस्ताङमा संविधान दिवस मनाईएको हो ।

संविधान दिवस जिल्ला समारोह समितिको अगुवाईमा प्रतिनिधिसभाका सदस्य माननीय प्रेमप्रसाद तुलाचन,प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली,प्रजिअ शिशिर पौडेल, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख,निर्बाचित जनप्रतिनिधि,३ वटै सुरक्षा निकाय,जिल्ला अनुसन्धान ,नागरिक समाज,बिभिन्न आमा समूह तथा क्लव र पत्रकार आदीको टोलीले जोमसोममा प्रभातफेरी ग¥यो ।व्यानरसहित जामसोमको पुथाङ एयरपोर्टबाट निस्किएको प्रभाफेरी कोणसभामा परिणत भएको थियो ।

प्रतिनिधिसभाका सांसद प्रेमप्रसाद तुलाचनले सहितको त्याग र बलिदानले बिद्यमान हकअधिकार सुनिश्चित भएको बताए । जनतालाई दासत्व प्रथाबाट मुक्ति दिन बिभिन्न चरणमा आन्दोलन भएको उल्लेख गर्दे जनताको बलिदानकै खातिर सिह दरबारको अधिकार घरदैलोमा आईपुगेको बताए ।जनतालाई जातिय रुपमा खण्डित गर्ने काम शाहकाल देखिनै सुरुहुँदै आएको बताउदै सांसद तुलाचनले मुलुकमा प्राप्त संविधानसभाको निर्बाचनले मौलिक अधिकारका साथै समाबेशी सिद्धान्त लागु भएको बताए ।‘सदनमा पहिलो पटक प्रबेश गर्दा सांसदहरुको मुहार उज्याले देखे ।यसले जारी संविधान लोकप्रिय र उत्कृष्ठ भएको अन्भव गरेको सुनाए ।

प्रदेशसभासद महेन्द्रबहादुर थकालीले मुलुकमा जारी संविधानले जनताको हकअधिकार सुनिश्चित गरेको बताए ।उनले अहिले सम्म देशमा ७ वटा संविधान जारी भईसकेको उल्लेख गर्दे बिद्यमान सविधानले धर्मनिरिपेक्षता र सबैलाई समाबेशी अधिकार प्रदान गरेको बताए ।जिल्ला न्यायधिस बलराम त्रिपाटीले ०६२,०६३ को जनआन्दोलनले मुलुकमा लोकतान्त्रिक अधिकार दिलाएको बताए ।उनले देशमा बिभिन्न चरणका आन्दोलनले बिद्यमान संबिधान लागु भएको उल्लेख गरे ।प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले राज्यले दायित्वबोध र नागरिकले कर्तब्यबोध गरेर अघि बढेमा संम्विधानको सफल कार्यान्वयन हुने बताए ।

पूर्वसभासद चन्द्रबहादुर गुरुङले संम्विधान कानुनको मुल दस्ताबेज भएको बताए ।नेकपाका जिल्ला अध्यक्ष रमेश भट्टचनले ०३६ साल ,०४६ साल र १० बर्षिय जनयुद्धको प्राप्त प्रतिफल बिद्यमान संम्बिधान भएको टिप्पणी गरे ।उनले संम्विधान जतिसुकै लोकप्रिय भएपनि कार्यान्वयन नभए कागजी खोस्टा सावित हुने बताए ।कार्यक्रममा नागरिक समाजका अगुवा चन्द्रबहादुर थकाली,घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकाली,पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली र जोमसोम महिला समूहकी अध्यक्ष रजनी शेरचन आदीले बोलेका थिए ।

दिवसकै अवसरमा पत्रकार भीमबहादुर रसाईली र सुकबहादुर बिकले कबिता बाचन गरेका थिए ।संम्बिधान दिवसकै उपलक्षमा सांसद प्रेमप्रसाद तुलाचनले कार्यक्रमका सहभागिहरुलाई ढाका टोपी बितरण गरेका थिए ।जिसस प्रमुख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन जिसस अधिकारी केशब बिमलीले गरेका थिए ।यसअघि संम्बिधान दिवस मुलसमारोह समितिले जोमसोममा बृहत सरसफाई कार्यक्रमको आयोजना ग¥यो ।समितिले दिवसकै अवसरमा ३ दिन साँझ दिपावली गर्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds