मंसिर, १० पोखरा / पोखरान्यूज डटकमलाई गाली गलौज गर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ स्थित राजचौतारा घर भएका रोशन ओझाले माफी मागेका छन् । नेवि संघका सदस्य २३ बर्षीय ओझाले आईतबार लिखित रुपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा माफी मागेका हुन । उनी त्रिवेणी ईन्टरनेश्नल कलेजमा स्नातक तह तेश्रो बर्षमा अध्ययनरत बिद्यार्थी समेत हुन ।
गत विहिबार पोखरान्यूजको अफिसियल फेसवुकमा ओझाले एमालेको मात्रै समाचार प्रकासित गरेको निराधार आरोप लगाउदै निच शब्द प्रयोग गरी म्यासेज गरे पछि पोखरा न्यूजका प्रकाशक÷सम्पादक गणेश बरालले जिल्ला प्रहरी कार्यालय कास्कीमा कारवाहीको लागि उजुरी दिएका थिए ।
उजुरीको आधारमा ओझालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा वोलाई केरकार गरेसंगै ओझाले आफुले गम्भिर गल्ति गरेको स्विकार्दै आगामी दिनमा कसैलाई पनि यस्तो काम नगर्ने कसम खाए । उनले आफु आवेगमा आएर गल्ती गरेको स्विकार्दै यो घटनाले आफ्नो जिवनको लागि ठुलो पाठ सिकाएको बताए । ओझालाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक अशोक सिंहले फोन गरे पछि मात्र आइतबार वेलुका करिब ६ बजे कार्यालयमा उपस्थित भएका हुन।
छलफलमा कास्कीका प्रहरी नायव उपरिक्षक थानेश्वर चापागाई, कास्कीका प्रहरी प्रवक्ता खड्ग बहादुर खत्री, पोखरा न्यूजका प्रकाशक÷सम्पादक गणेश बराल, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद बास्तोला, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिव दीननाथ बराल, ओझाको पक्षबाट तिर्थराज धमला, आकास पौडेल, विजय धमला रहेका थिए ।
सम्बन्धित खबर
कास्कीका माधवको शव स्याङ्जाको मिर्मिमा भेटियो, बागलुङका डम्बरको अत्तोपत्तो छैन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
माधव र डम्बर अझै फेला परेनन्, माधवको पर्स आमाले भेटिन्
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
माछापुच्छ्रे– ७ मा सडेगलेको अवस्थामा शव फेला
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल