गत साउन २६, २०७४ मा पोखराका विष्णु बस्ताकोटी मोटरसाइकलमा अमरसिंहबाट महेन्द्रपुल जाँदै थिए । रानीपौवा पुगेपछि विजुलीको तार चुडिएर उनलाई करेन्ट लाग्यो । करेन्टले उनको शरीर जल्यो । अढाइ महिना लामो उपचारपछि पनि निको हुन नसकेका उनको २६ वर्षको उमेरमै मृत्यु भयो ।
भदौ १७ को राति पोखराका दुई युवक सिंगापुरे टोलबाट अमरसिंहचोक जाँदै थिए । उनीहरू सवार ग१०प ५९२९ को मोटरसाइकल अमरसिंह चोक पुग्ने बेलामा बिजुलीको पोलमा ठोक्कियो । बाटोको बीचमा ठडिएको पोलमा ठोक्किँदा २१ वर्षीय सोनित गुरुङ र १८ वर्षीय अनुप गुरुङले ज्यान गुमाए । साउनयता मात्रै बिजुलीको तार र पोलकै कारण चारले जीवन गुमाइसकेका छनE0क्किँदा उनको निधन भयो । पोखरामा यत्रतत्र छरिएका बिजुलीको तार र % पाइलट सन्दीप सिग्देल सवार मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा उनको निधन भयो । पोखरामा यत्रतत्र छरिएका बिजुलीको तार र सडककै बीचका पोल नहटाइँदा सडक दुर्घटनामा वृद्धि भएको छ । सडकमा ठडिएका पोलमै ठोक्किएर यात्रुले अनाहकमा ज्यान गुमाउनुपरेको छ ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा पोल सार्न उपभोक्ताका दैनिक १० देखि १५ निवेदन आउँछन् । चालु आर्थिक वर्षमा आएका ५ सय बढी त्यस्ता निवेदन थन्किएर बसेका छन् । मंगलबार मात्रै सरुवा भएर आएका केन्द्र प्रमुख सुरेन्द्रकुमार शाहले आफूले कार्यभार सम्हाल्दाकै दिन १५ निवेदन आएको बताए । उनका अनुसार सुरुमा साँघुरो सडक हुँदा गाडिएको पोल सडक फराकिलो बनेपछि बीचमा आउँछन् । सडक फराकिलो बनाउने बेलामै जिम्मा पाएको निकायले पोल सार्न टेन्डर आह्वानगर्नुपर्छ ।
प्राधिकरणले प्राविधिकलाई स्थलगत निरीक्षण गरेर अनुमानित लागत तयार पार्छ । उपभोक्ता समितिको रहकमा उक्त रकम प्राधिकरणमा जम्मा गरेपछि प्राविधिक गएर पोल सार्छन् । सडक विभाग आफैंले टेन्डर गर्न सक्छ । तर विभाग अन्तर्गत बनेका सडकका पोल सारिएका छैनन् ।
शाहका अनुसार पोखरामा मात्रै एक हजार पोल सार्नुपर्ने छ । प्राधिकरणको नियमित बजेटले नपुग्ने भएको माग अनुसार सार्न नसकिएको उनको दाबी छ । सडक विभागले बनाएका सडकको पोल उसैले सार्नुपर्ने उनी बताउँछन् । ‘पोल सार्न मात्रै लाग्ने हो भने मर्मतका लागि आएको बजेटले पुग्दैन,’ उनी भन्छन्, ‘सबै त्यसैमा खर्च भयो भने अरू नियमित कामगर्न सक्दैनौं ।’
प्राधिकरणका इन्जिनियर माधव महतले साविकको जिल्ला विकास समितिले पोल सहयोग गर्ने भएपनि हाल बन्द भएकाले अप्ठ्यारो भएको बताउँछन् । महानगरका मेयर मानबहादुर जीसीले पोल सार्ने जिम्मा विद्युत् प्राधिकरणकै भएको बताए ।
कुरुप बन्दै सहर
काठमाडौंबाट पोखरा आउने क्रममा अमरसिंह चोक आइपुगेपछि जताततै ठडिएका बिजुलीका पोल र जेलिएका तार देख्दा जोकोहीको मन कुडिन्छ । पोखराका अग्ला घरसँगै पोल र तारले पनि यहाँका हिमाल हेर्न अवरोध पुर्याएका छन् ।
पोखरा वितरण केन्द्रअन्तर्गत हाइटेन्सन लाइन ३ सय ७० किलोमिटर छ । जसमा ७ हजार ५ सय पोल छन । १ हजार १ सय किमि लोटेन्सन लाइनमा २४ हजार पोल छन् । ती पोलमा झुन्डिने बिजुली, टेलिफोन, केबल, इन्टरनेटलगायतका तारले सहरको सुन्दरता बिगारेको छ । पर्यटकीय नगरीको परिचय बनाएको पोखरामा सडकका दायाँबायाँ नै अत्यधिक पोल र तार छन् ।
राजनीतिक दलले त्यस्ता तारलाई भूमिगत बनाउने एजेन्ड पटकपटक सार्वजनिक गर्छन् । तर प्रतिबद्धता अनुरूप काम हुन सकेको छैन । प्राधिकरणका पोखरा वितरण केन्द्र प्रमुख सुरेन्द्रकुमार शाहले काठमाडौंमा तारलाई भूमिगत गर्न ठेक्काको प्रक्रियामा जान लागेको बताए । काठमाडौंमा सुरु भएपछि त्यहीं मोडलमा अन्यत्र पनि लागू हुने उनको विश्वास छ ।
ट्राफिक व्यवस्थापनमा चुनौती
पोखराको व्यस्त बजार पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक हुँदै जिरो किलोमिटरसम्म सडकका बीचमा दर्जनौं बिजुलीका पोल छन् । ती पोल नसारिँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । पृथ्वीचोक र सभागृहचोकमा दैनिक हुने जामका धेरै कारणमध्ये बीच सडकका पोल पनि हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता शिव थापा बिजुलीको पोलले सवारी आवागमनमा अप्ठ्यारो परेको बताउँछन् । ‘खासगरी पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोकमा जाम हुने समस्या छ,’ उनले भने।
दीपक परियारले पोखराबाट कान्तिपुरका लागि लेखेको न्युज ।
सम्बन्धित खबर
ढाकाकुमार श्रेष्ठको ठाउँमा रास्वपाबाट बिन्दाबासिनी कंसाकार सांसद
मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुने
एमसीसी पारित गर्न सत्तारूढ गठबन्धन सहमत
अर्को साता दैनिक २० हजार संक्रमित हुने !
एसइई परीक्षा प्रदेशले गर्ने
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि