‘खा** पत्रकार’ लेख्ने अखिल धमला कास्की प्रहरी फन्दामा, पत्रकारसँग माफी मागेपछि मिलाप

‘खा** पत्रकार’ लेख्ने अखिल धमला कास्की प्रहरी फन्दामा, पत्रकारसँग माफी मागेपछि मिलाप

akhil-dhamala

पोखरा । फेसबुकमा अचेल कसैका लागि प्रशंसा र राम्रो कुराको तारिफ त कमै देख्न पाईन्छ । सामाजिक सञ्जालमा व्यक्तिगत प्रोफाइल बाहेकका पेजहरुमा आउने कमेन्ट त हेरिसाध्य हुँदैन । यसबाट सर्वसाधारण नागरिक मात्र होईन, प्रधानमन्त्री, राष्ट्रसम्मका ओहदाका व्यक्तित्वमाथि हेर्न नसक्ने अश्लिल कमेन्टहरु पनि देखिन्छन् । यसरी अरुका विरुद्ध लाग्न पाईंदैन, उजुरी गरेमा उनीहरु सजायका भागिदार हुन्छन् । पोखरामा कहिलकाहिँ उजुरी पर्ने गरेका छन् ।

केहि दिन अघि पोखरा न्यूजले प्रकाशन गरेको न्यूजमुनी यस्तै कमेन्ट देखियो । पोखरा राजचौतारा निवासी अखिल धमलाले खा** पत्रकार भन्दै कमेन्ट गरेका थिए । राष्ट्रिय समाचार समितिको समाचार आफ्नो अनलाईन पोखरा न्यूजमा पोष्ट गरी फेसबुकमा सेयर गरेका गणेश बराललाई अपशब्द प्रयोग गरेका धमला विरुद्ध बराल प्रहरी चौकी पुगे । फेसबुमा आफूलाई जान्ने बुझ्ने क्याटेगोरीमै चिनाएका कारण कानुनी उपचार खोज्न बाध्य भएको बरालले बताए । बराल अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष समेत हुन् ।

पोखरा १७ र २२ जोड्ने फुर्सेखोला माथिको तुइन हटाइयो भन्ने समाचारमा जथाभावी अपशब्द पोष्ट गरेका धमलाले आफुले आवेशमा आएर समाचार नै नपढी पोष्ट गरेको बिषय प्रति गल्ती गरेको भन्दै आत्मआलोचना सहित माफि मागेपछि मिलाप भएको छ । उनले विहीबार कास्की प्रहरीको रोहबरमा आगामी दिनमा यस्ता कार्य नदोहोराउने प्रतिवद्धत्ता समेत व्यक्त गरेका छन् । बरालले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सत्य समाचारको बिषयमा अध्ययन नै नगरी व्यक्तिगत तथा पत्रकारीता पेशा माथि नै धावा बोल्ने काम भएको भन्दै बरालले उजुरी गरेको जनाएका छन् ।

सम्बन्धित समाचार:

http://gandaknews.com/karbahi/

तस्विरः पोखरा न्यूजबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds