Gandak News
Our News Your Views
Lets

पोखरामा माटोको ढिस्कोमा पुरिएर मृत्यु हुने पाँचै जना एकै ठाउँका (मृतकको नाम ठेगानासहित)

कास्कीको पोखरा महानगरपालिका २०, मौजा बिसौनामा सडक बनाउने क्रममा मृत्यु भएका सबै जना सल्यानका भएको खुलेको छ । भलाम यालेचौरबाट आँटिघर मौजा तर्फ जाने सडक खण्डमा बाटो निर्माण (ग्राभेलिङ) कार्य अन्तर्गत सडक छेउको भित्तामा पर्खाल निर्माण गर्ने क्रममा अचानक माटोको ढिस्को तल खस्न जादाँ उक्त निर्माण कार्यमा संलग्न ५ जना पुरिएका थिए ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरु सल्यानको एकै गाउँका हुन् । उनीहरुको उमेर पनि उस्तै छन् । उनीहरु मजदुरी गरेर परिवार पाल्न पोखरामा मजदुरी गर्न आइपुगेका थिए ।

मृत्यु हुनेहरुमा सल्यान जिल्ला बाघचौर नगरपालिका ४ बस्ने अन्दाजी ३५ वर्षीय गणेश ओली, तोमान बस्नेत, खिमलाल ओली, बिर बहादुर बस्नेत र जोगेन्द्र बुढाथोकी रहेका छन् । कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार ७ जना काम गरिरहेको अवस्थामा पहिरो खसेको थियो । दुई जना भने भाग्न सफल भएका छन् ।

शव थप अनुसन्धानका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाईएको प्रहरीले जनाएको छ ।

 

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको