Gandak News
Our News Your Views
sag adv
Lets

१५ हजारले प्रस्तुति दिने १३ औं सागको उद्‌घाटन समारोह, हेर्नुहोस लाइभ

Loading...

आजदेखि १३औं दक्षिण एसियाली खेलकुद (साग) औपचारिक रुपमा सुरु हुँदैछ। साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा उद्‌घाटन गरेपछि साग सुरु हुनेछ।

तेस्रो पटक साग खेलकुदको आयोजना गर्न लागेको नेपालले उद्‌घाटन समारोहलाई भव्य बनाउन तयारी पूरा गरिसकेको छ। समारोह उपसमितिका निर्देशक कुलबहादुर थापाले उद्‌घाटन समारोहमा नेपाली मौलिक संस्कृति र प्रकृति झल्कने गीत र कला प्रस्तुत गर्ने  जानकारी दिए।

सशस्त्र प्रहरी बलबाट ४ ५ सय, नेपाली सेनाका १५ सय, नेपाल प्रहरीका एक हजार, विभिन्न विद्यालय र कलेजका ३ हजार विद्यार्थी र नेपालको संस्कृती झल्कने झाँकी प्रस्तुत गर्ने ४ हजार जनाले उद्‌घाटन समारोहमा आफ्नो प्रस्तुति दिनेछन्।

थापाका अनुसार १५ सय बडिबिल्डरले क्यालिसथेनिक्स ९जिम्न्यास्टिक० प्रस्तुत गर्नेछन्। यो बाहेक ३ सय कलाकारले पनि आफ्नो प्रस्तुति दिनेछन्। कुन्ती मोक्तान, आनन्द कार्की, सत्यराज आचार्य, इन्दिरा जोशी लगायतका कलाकारले आफ्नो प्रस्तुति दिनेछन्।

साँझ पाँच बजे राष्ट्रपति आएपछि उद्‌घाटन समारोह सुरु हुनेछ। त्यसपछि सातै देशका खेलाडीले मार्चपास गर्नेछन्।

मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबबहादुर अधिकारीले बोक्नेछन्। मार्चपासमा सातै देशका गरी करिब ३ हजार खेलाडी सहभागी हुनेछन्। त्यसपछि औपचारिक भाषण हुनेछ। भाषणपछि सांस्कृतिक कार्यक्रम सुरु हुनेछ।

जहाँ नेपालको साथै सातै देशको प्रतिनिधित्व हुने गरी गीत र नृत्य प्रस्तुत हुनेछ। बीचमा ओलम्पिक टर्चको प्रज्ज्वलन हुनेछ। ओलम्पिक टर्च तेक्वान्दोका कीर्तिमानी खेलाडी दिपक विष्टले बोक्ने कार्यक्रम छ। एक साताअघि र्‍यालीमा निकालिएको टर्च ६ प्रदेशका ६ शहरमा घुमाएपछि अन्तिममा काठमाडौं ल्याइएको हो।

Loading...

सागको उद्‌घाटनका लागि १५ करोड रुपैयाँको हराहारीमा खर्च हुने थापाले बताए। उनका अनुसार सेना,पुलिस, आर्मी र विद्यार्थीहरुले निशुल्क प्रस्तुति दिए पनि कलाकारका लागि पारिश्रमिक दिइनेछ।

उद्‌घाटनका लागि दशरथ रंगशालाको श्रृंगार भइसकेको छ। सिटका कारण रंगिन देखिएको रंगशाला बाहिर रंगिन बत्ति सजाइएको छ। रंगशालामा पाँच स्थानमा डिस्प्ले बोर्ड राखिएको छ। उद्‌घाटन समारोहलाई १० हजार बढीले प्रत्यक्ष अवलोकन गर्नेछन् भने समारोहको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।

सन् १९८४ मा नेपालबाट सुरु भएको दक्षिण एसियाली खेलकुदको यस संस्करणमा २६ खेलमा प्रतिस्पर्धा हुँदैछ। पोखरमा ९ खेल र जनकपुरमा एक खेल आयोजना हुनेछ भने बाँकी खेल काठमाडौंमा हुनेछन्।

सागको उद्‌घाटनअघि नै भलिबलका प्रतिस्पर्धा सुरु भइसकेका छन्। बाँकी खेल भने सोबारदेखि हुनेछन्। आगामी मंसिर २४ गते सागको समापन समारोह हुनेछ। त्यसअघि ३१७ स्वर्ण र ३१७ रजत र ४८१ कास्य पदकको टुंगो लाग्नेछ।
लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको