Gandak News
Our News Your Views
Lets

विश्व युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै पत्रकार पौडेल नेदरल्याण्ड प्रस्थान

तनहुँ । विश्व युवा सम्मेलनमा सहभागिताका लागि तनहुँका एक युवा अधिकारकर्मी एवम् पत्रकार छनौट भएका छन्।

सृजनशिल युवा मञ्चका अध्यक्ष समेत रहेका दमौली खबर दैनिकका सम्पादक पवन पौडेल युवा बीचको स्वतन्त्र प्रतिस्पर्धाबाट नेपालबाट छनौट भएका हुन्

डिसेम्बर २ देखि ६ सम्म नेदरल्यान्डको राजधानी एम्स्टर्डममा हुने सम्मेलनमा पौडेलले नेपाली अनुभव साट्नेछन् । पौडेल सामुदायिक रेडियो प्रसारक संघका गण्डकी प्रदेश कोषाध्यक्ष पनि हुन् ।

यसअघि पनि विभिन्न युवा सम्मेलनमा सहभागी पौडेललाई नेपालका तर्फबाट छनौट गरिएको सम्मेलन आयोजक समितिकी क्षिन्याले बताइन् ।

पत्रकार तथा युवा अधिकारकर्मी पौडेलले नेपालको अनुभव र विश्वको अवस्थाको जानकारीका साथै परिवर्तित समयमा नयाँ प्रविधिको उपयोग गर्दै समाज र वातावरणमा दिन सकिने योगदानबारे सम्मेलनले आधार तयार पार्ने बताए ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको