Gandak News
Our News Your Views
Lets

जितपछि विद्याले भनिन्: यो रवीन्द्र अधिकारीको जीत हो (भिडियोसहित)

प्रदर्शनी केन्द्रमा धन्यवाद सभा

पोखरा । कास्की-२ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले प्रतिनिधिसभा सदस्यको चुनाव जितेपछि यो जित रविन्द्र अधिकारीको जित भएको बताएकी छन् ।

स्वर्गीय रवीन्द्रपत्नी रहेकी विद्याले अब रवीन्द्र अधिकारीको योजना पूरा गर्ने पनि बताएकी छन्। उनले चुनावमा भोट माग्दा पनि रवीन्द्रको अधुरो सपना पूरा गर्छु भनेकी थिइन्। ‘यो जीत जनताको हो, सम्पूर्ण न्यायपूर्ण जनताको र रवीन्द्र अधिकारीको जीत हो’, जीतपछि उनले भनिन्, ‘म जसरी मत माग्न जनताकहाँ गएको थिएँ, त्यसरी नै म मतदाताकहाँ जान्छु र कार्ययोजना बनाएर काम गर्छु। रवीन्द्रजीको सपना अवश्य पूरा गर्नेछु।’ उनले आफूलाई जिताएकोमा मतदातालाई धन्यवाद दिँदै भनिन् ‘रवीन्द्र अधिकारीप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु, यो रवीन्द्र अधिकारीको जीत हो,’ उनले भनिन्।

रविन्द्रको ह्याट्रिक क्षेत्रमा फेरि जीत, रविन्द्रको ठाउँ विद्याले लिइन्

जितपछि विद्याले भनिन्ः रविन्द्रका योजना पूरा गर्छु । जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्छु ।

Posted by GandakNews on Sunday, 1 December 2019

अन्तिम मत परिणामपछि मतगणनास्थलबाट पार्टी कार्यालय शान्तिबनसम्म विजय र्याली नै निकालिएको थियो ।

Posted by GandakNews on Sunday, 1 December 2019

आज पूर्वान्ह ११ बजेपछि महेन्द्रपुलबाट विजय र्याली सुरु भई प्रदर्शनी केन्द्रमा धन्यवाद सभा राखिएको छ । उनले सबै मतदाता तथा शुभेच्छुकलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको