Gandak News
Our News Your Views
Lets

साग पोखराः महिला क्रिकेटमा विश्व रेकर्ड राखिन् अञ्जलीले, १ रन नदिई ६ विकेट

पोखरा । नेपालकी अन्जली चन्दले क्रिकेटमा विश्वकिर्तिमान कायम गरेकी छिन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेट अन्तर्गत पोखरा रंगशालामा भएको माल्दिभ्स विरुद्धकाे खेलमा उनले कुनैपनि रन नदिई ६ विकेट हात पारेकी हुन् । ६ विकेट लिने क्रममा उनले ह्याट्रिक समेत गरिन्। विश्व क्रिकेटमा अहिलेसम्म कुनैपनि क्रिकेटरले रन नखर्चिकन ६ विकेट हात पार्न सकेका थिएनन् ।

सातौँ ओभरमा बलिङ गर्न आएकी अन्जलीले मेडन राख्दै तीन विकेट हात पारिन्। लगत्तै नवाौं ओभरमा उनले कुनैपनि रन खर्च नगरि थप २ विकेट हात पारिन्। एघारौं ओभरमा उनले थप एक विकेट लिइन्। साथै ह्याट्रिक समेत पूरा गरिन्।

टस जितेर पहिले ब्याट्रिङ गरेको माल्दिभ्सले १०.१ ओभरमा १६ रन बनाएको थियो। जवाफ ब्याटिङ गरेको नेपालले ०.५ ओभरमै लक्ष्य भेट्टायो। नेपालका लागि करुणा श्रेष्ठले १३ रन बनाइन्। नेपाललाई थप चार रन भने एक्स्ट्रा प्राप्त भएको थियो।

दक्षिण नेपालले आगामी डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।

थप तीनवटा नयाँ किर्तिमान

यो खेलमा नेपालले थप तीनवटा विश्व रेकर्ड कायम गरेको छ। प्रशिक्षक जगत टमाटाले नेपालले एउटै खेलमा अन्जलीकाे सहित ४ वट रेकर्ड राख्न सफल भएको बताए।

५ बलभित्रै खेल जितेको एउटा रेकर्ड छ भने माल्दिभ्सका ९ खेलाडीलाई शून्य रनमा आउट गरेर अर्को रेकर्ड राख्न सफल भएको हो। यस्तै अञ्जली चन्दले २.१ ओभरमा विना रन ६ विकेट लिएको पनि अर्को रेकर्ड हो भने टि–ट्वन्टी क्रिकेटमा १६ रनभित्रै समेट्नु पनि थप नयाँ रेकर्ड हो।

यसबाहेक पनि अरु रेकर्ड तोडिएको हुनसक्ने भन्दै उनले स्कोर हेरेर थप बोल्न सक्ने बताए। नेपालले पर्सी बंगलादेशको सामना गर्नेछ। भोलि श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। महिला क्रिकेटमा नेपालसहित, बंगलादेश, माल्दिभ्स र श्रीलंका सहभागी छ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको